×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कक्षा ११ को परीक्षा र मार्कसिट विद्यालयबाटै, आज कार्यविधि सार्वजनिक हुँदै

६ श्रावण २०७७

६ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने सम्पुर्ण अधिकार विद्यालयलाई नै दिने भएको छ । बोर्डले सो अधिकार सहितको कार्यविधि आज सार्वजनिक गर्दैछ ।

कार्यविधिमा कक्षा ११ को परीक्षा सञ्चालन र व्यवस्थापन गर्न विद्यालयका प्रधान अध्यापकको संयोजकत्वमा वरिष्ठ शिक्षक र विषय शिक्षक रहेको तीन सदस्यीय समिति गठन गर्ने भएको छ । बोर्डले कक्षा १० को परीक्षाका लागि पनि सोही व्यवस्था गरेको थियो ।

Advertisement

बोर्डले कक्षा ११ को परीक्षाको अनुगमन गर्ने अधिकार आफ्नो मातहतमा राखेको छ । अब कक्षा ११ को परीक्षा लिने र लब्धाङक प्रमाणपत्र दिने अधिकार विद्यालयलाई नै दिइएको बोर्डले जनाएको छ । कक्षा ११ को प्रयोगात्मक परीक्षा समेत विद्यालयले नै लिने भएको छ । अब कक्षा १२ को मात्र बोर्डले लिनेछ ।

यसअघि बोर्डले ट्रान्सक्रिफ्ट बनाउँदा कक्षा ११ र १२ को ग्रेडलाई समेट्ने गरेको थियो । अब कक्षा १२ को मात्र ग्रेड राखेर ट्रान्सक्रिफ्ट वितरण हुनेछ । कार्यविधिमा गत वर्षको पुरक परीक्षाको सम्परीक्षण गर्ने अधिकार बोर्डले लिएको छ । बोर्डको आज ४ बजे बस्ने बैठकले कार्यविधि पारित गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

अब कक्षा ११ को परीक्षा ९ कक्षाकै जस्तो विद्यालयबाटै सञ्चालन हुने, विद्यालयबाटै लब्धाङकपत्र दिइनेछ । बोर्डले केही दिनअघि सबै सदस्यलाई ड्राफ्ट उपलब्ध गराइसकेको छ । सोको आधारमा छलफल गरी आजै पारित हुनेछ–स्रोतले भन्यो ।

Advertisement

कार्यविधि पारित भएसंगै सबै विद्यालयलाई कक्षा ११ को परीक्षा लिने बाटो खुल्नेछ । ११ को कार्यविधि पारित भएपछि कक्षा १२ को परीक्षाको तालिका सार्वजनिक गर्ने गृहकार्य शुरु गर्नेछ । त्यसको लागि विज्ञ र सरोकारवाला निकायसंग छलफल गरिरहेको छ । (रासस)

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top