×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आईपीएल २०२० युएईमा हुने पक्का

७ श्रावण २०७७

७ साउन, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने पक्का भएको छ । क्रिकइन्फोका अनुसार आइपिएल गभर्निंग काउन्सिलका अध्यक्ष वृजेश पटेलले आइपिएल २०२० मा यूएईमा हुने पुष्टि गरेका हुन् ।

यद्यपि प्रतियोगिताको मितिबारे भने निणर्य भइसकेको छैन । आइपिएल २०२० सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म गर्ने तयारी भई रहेको छ । पटेलले अर्को बैठकमा आपचारिक रुपमा घोषणा गर्ने बताएका छन् । पटेलका अनुसार आइपिएलका खेल दुबई, आवूधावी र शारजाहमा हुनेछन् । भारतीय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल तालिका अनुसार आइपिएल नोभेम्बर ७ सम्म सक्नुपर्ने हुन्छ ।

Advertisement

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले यस वर्ष अष्ट्रेलियामा हुने तय भएको टी-२० विश्वकप एक वर्ष सारेपछि आईपीएल गराउने तयारी थालिएको हो ।

‘हामीले टि२० विश्वकप आइसिसीबाट औपचारिक स्थगितको पर्खाइमा थियौं । हामीले भारत सरकारसँग अनुमतिका लागि निवेदन दिएका छौं र अनुमति पाउनु पर्छ’, उनले भने । आइपिएल अप्रिलमा हुने तय थियो । तर कोरोना भाइरसको महामारीको कारण अनिश्चित समय सम्मको लागि सरेको थियो ।

Advertisement

आइपिएल देश बाहिर तेस्रो पटक हुन लागेको हो । यसअघि सन् २००९ मा आम निर्वाचनको कारण पूरै संस्करण दक्षिण अफ्रिकामा भएको थियो । सन् २०१४ मा आमनिर्वाचनको कारण यूएईमा आइपिएलका २० खेल भएका थिए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top