मुसहर बस्तीमा सचेतना जगाउँदै झुम्का जेसीज

६ साउन ७७, बुधबार

प्रकाश बन्जरा
७ साउन, सुनसरी ।
विश्वब्यापी माहामारी कोरानालाई मध्यनजर गर्दै सुनसरीको रामधुनी नगरपालिका स्थित झुम्का जुनियर जेसीजले मुसहर बस्तीमा माक्स र हात धुने साबुन बितरण गरेको छ ।

Advertisement

झुम्का जुनियर जेसिजका अध्यक्ष मनिस काफ्ले तथा राष्ट्रिय रामधुनी युवा क्लबका अध्यक्ष खेमराज पौडेल लगायतको टोलीले मुसहर बस्तीमा पुगेर स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

Advertisement

मुसहरका घर घरमा पुगेर युवाहरुले कोरोना महामारीको बारेमा जनचेतना जगाउनुको साथै भिडभाड नगर्न र सुरक्षाका लागि साबधानी अपनाउन आग्रह गरेका थिए ।

टोलीले ४८ घर परिवारका सबै सदस्यलाई माक्स र प्रति घर १ थान हातधुने साबुन बितरण गरिएको झुम्का जेसीजका गोबिन्द आचार्यले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top