के कारणले चिप्लियो मालिन्दो विमान ?

७ बैशाख ७५, शनिबार

काठमाडौं – काठमाडौंबाट मलेसियाको क्वालालम्पुर उड्नै लाग्दा मालिन्दो एयरको बोइङ ७३७ जहाज बिहीबार राति अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएपछि करिब १४ घन्टा विमानस्थल ठप्प भयो । बिहीबार राति १०ः१० मा जहाज विमानस्थलको दक्षिणतर्फको धावनमार्ग (धावनमार्ग ०२) छाडेर ४० मिटर पर पुगेर रोकिएको थियो ।

त्यसपछि बन्द भएको विमानस्थलमा शुक्रबार दिउँसो ११ः३५ बजे मात्र अन्तर्राष्ट्रिय उडान चालू गरिएको थियो । चिप्लिएको विमानलाई दुर्घटनास्थलबाट पन्छाउन नेपाली सेना, नेपाल प्रहरी, विमानस्थलका अग्नि नियन्त्रक तथा उद्धार सेवाका कर्मचारी र नेपाल वायुसेवा निगमका ग्राउन्ड ह्यान्डलिङ विभागका कर्मचारी खटिएका थिए । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

के कारणले जहाज चिप्लियो ?
विमानस्थलको दक्षिणतर्फको धावनमार्ग ०२ बाट टेकअफ (उडान) लिने समयमा पाइलटले जहाजलाई अकस्मात् रोक्न खोजे । ‘उड्ने अन्तिम तयारीका क्रममा धावनमार्गमा तीव्र गतिमा गुडिरहेको जहाजको ककपिटको डिस्प्लेमा पाइलटले समस्या देखे,’ दुर्घटनाको प्रारम्भिक कारणबारे विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, ‘त्यसपछि उनले एबन्डन टेक अफ (जहाज नउडाउने निर्णय) गर्दा जहाज धावनमार्ग छाडेर अगाडि गुड्यो र ४० मिटर पर पुगेर रोकियो ।’

Advertisement

जहाजमा चालक दलका सदस्यसहित एक सय ३९ यात्रु सवार थिए । दुर्घटनामा सबै यात्रु सकुसल रहे । जहाजको अगाडिको एउटा पांग्रामा समस्या आउनुबाहेक बाहिरी स्वरूपमा कुनै समस्या नदेखिएको क्षेत्रीले बताए । शुक्रबार नै नेपाल आएका मालिन्दो एयरका प्राविधिकले जहाजको प्राविधिक अध्ययन थालेका छन् ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top