स्याङ्जाका एसपीसहित १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

१२ साउन, स्याङ्जा ।

स्याङ्जाका जिल्ला प्रहरी प्रमुख एसपी सहित सोमबार थप १८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार थप एक महिलासहित १८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

यसअघि साउन ६ गते तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्ला प्रहरी कार्यालयमा मात्रै कोरोना संक्रमित हुने प्रहरी कर्मचारीको संख्या २१ पुगेको छ ।

Advertisement

उनका अनुसार संक्रमण पुष्टि भएका प्रहरी कर्मचारीलाई भिरकोट नगरपालिका–१ मा रहेको कालिका सामुदायिक अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

साउन ७ र ८ गते ४ जना थुनुवासहित ९८ जनाको स्वाब संकलन गरिएकोमा ३५ जनाको रिपोर्ट आउँदा १८ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको हो । अन्यको रिपोर्ट आउन बाँकी रहेको डिएसपी अधिकारीले बताए ।

Advertisement

यसअघि साउन ६ गते तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय परिसरमा सर्वसाधरण सेवाग्राहीलाई प्रवेश निषेध गरेर स्वाब संकलन गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top