जाजरकोटमा च्याउ खाएर १ बालिकाको मृत्यु, ८ जना गम्भीर बिरामी

१२ साउन ७७, मंगलबार

१२ साउन, जाजरकोट ।

कुशे गाउँपालिका –१ स्याँक्रीमा च्याउ खाँदा गए राति तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको छ ।

उनीसँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने गम्भीर घाइते भएको कुशे गाउँपालिका –१ का वडाध्यक्ष गोपाल नेपालीले बताए ।

Advertisement

घरपरिवारका सबैले एकै समय च्याउ खाएका थिए । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top