Nepal Times
Nepal Times
3
Shares

जिप दुर्घटनामा एक महिलाको मृत्यु, तीन घाइते

जिप दुर्घटनामा एक महिलाको मृत्यु, तीन घाइते

त्रिपुराकोट, डोल्पा, ८ वैशाख  ः हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ मा पर्ने करोपगाडमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

खदाङको हरियापानीबाट यात्रु बोकेर छिमेकी जिल्ला रुकुमको गोतामकोट तर्फ गइरहेको लु १ च ५४६६ नं को जिप दुर्घटना भएको हो । दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुकुम जिल्ला आठबिसकोट–९ बस्ने ६० वर्षीया किरामकला जैसी रहेकीछन् । त्यस्तै घाइते हुनेमा दैलेख चामुण्डा विन्द्यासैनी नगरपालिका–९ का जिप चालक वीरबहादुर थापा, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका– ५ का २७ वर्षीया विष्णुरुपा बोहोरा र रुकुम जिल्ला आठबिसकोट नगरपालिका–६ का १८ वर्षीय जयबहादुर थापा रहेको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यामबहादुर मल्लले जानकारी दिए ।

घाइते थापा र बोहोराको अवस्था गम्भिर र जयबहादुर थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.