कालीकोट पहिरोमा बेपत्ता भएका सबैको शव फेला

१३ साउन ७७, बुधबार

१४ साउन, कर्णाली । कालीकोटमा गएको पहिरोमा बेपत्ता भएका ८ जनाको शव फेला परेको छ ।

बुधबार बिहान गएको पहिरामा नरहरीनाथ–७ मा रहेको गंगे बुढाको घर पुरिँदा उनीसहित ६ जना बेपत्ता भएका थिए। सबैको शव फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले घर पुर्दा ६२ बर्षीय गंगे बुढासहित उनकी श्रीमती ६१ वर्षीया नैनी बुढा, २४ वर्षीया बुहारी कुशा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, ७ वर्षीय नाति राम बुढा र १८ महिने नाति चरित्र बुढाको मृत्यु भएको हो।

Advertisement

उनीहरू सबैको शव फेला परिसकेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए।

यस्तै, पहिरोमा परी घाइते भएकी गंगे बुढाकी छोरी विमला बुढाको उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए। उनलाई उपचारका लागि स्थानीय कुमाल बजार लगिएको थियो। पुरिएका घरका ११ जनाको परिवारमध्ये ४ जना सकुशल रहेको उनले बताए।

Advertisement

यस्तै, मंगलबार राति नै नरहरीनाथ गाउँपालिका–५ मा गएको पहिरामा बले बुढाको घर पुरिएको छ। उक्त पहिरोमा बेपत्ता भएको दले बुढा र उनकी श्रीमती मुना बुढाको पनि शव फेला परेको एसएसपी वास्तोलाले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top