सुनको मूल्यमा फेरी नयाँ कीर्तिमान, प्रतितोला ९९ हजार ३ सय कायम

१६ साउन, काठमाडौं । सुनको मूल्यले दिनँहु नयाँ कीर्तिमान बनाउँदै आएकोमा आज पनि नयाँ रेकर्ड कायम भएको छ ।

आज प्रतितोला ३ सय रुपैयाँ बढेर हालसम्मकै उच्च तोलाको ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । केही दिनदेखि सुनको भाउ लगातार बढिरहेको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलामा ९९ हजार रुपैयाँ पुगेको थियो ।

कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।

Advertisement

चाँदीको भाउ भने आज तोलामा २५ रुपैयाँ घटेर तोलाको १२ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो चाँदी तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top