५५ सय तिरेर कोरोना परिक्षण गराउन सकिने

१७ साउन ७७, आइतबार

१८ साउन, वीरगन्ज ।
वीरगन्जमा कोरोनाभाइरस परीक्षणको दायरा बढाउँदै शूल्क तिरेर पनि जाँच गर्न सकिने व्यवस्था गरिएको छ।

Advertisement

परीक्षण गर्न चाहनेका लागि रु ५ हजार ५०० शूल्क तोकिएको छ। कोरोना परीक्षणलाई व्यापक बनाउन यस्तो व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार तीन वटा विधि अपनाएर परीक्षण गरिनेछ।

भिडभाड हुने क्षेत्रलाई प्राथमिकतामा राखेर ‘मास परीक्षण’ गरिनेछ। त्यसपछि संक्रमण बढी देखिएको क्षेत्रमा परीक्षण गरिनेछ। तेस्रो विधि अन्तर्गत कसैले आफ्नो परीक्षण गर्न चाहे सशूल्क जाँच गर्ने व्यवस्था गरिएको छ।

Advertisement

व्यक्तिगत प्रयोजनका लागि नारायणी अस्पतालको प्रयोगशालामा सशूल्क परीक्षणको व्यवस्था गरिएको बस्नेतले जानकारी दिए। उनले भने, “वीरगन्जमा धेरै व्यापारी र उद्योगपति छन्। उनीहरुले धेरैसँग सम्पर्क गरिरहेका हुन्छन्। भारतबाट आउने पनि छन्।

उनीहरुले चाहे शूल्क तिरेर जाँच गर्ने व्यवस्था गरिएको हो।” सरकारले नै गर्ने परीक्षणमा शुल्क नलाग्ने उनले बताए। त्यसैगरी वीरगन्जका निजी अस्पतालसँग सम्झौता गरेर तिनीहरुलाई ‘पब्लिक’ सरह प्रयोग गर्न थालिएको बस्नेतले जानकारी दिएका छन्।

Advertisement

संक्रमितको व्यवस्थापनमा समस्या भएपछि निजी अस्पताललाई पनि प्रयोग गर्न गालिएको उनले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top