६ महिनाभित्र सरकारी इमेल अनिवार्य

९ बैशाख ७५, सोमबार

विराटनगर — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ६ महिनाभित्र सबै अधिकृतस्तरका कर्मचारीलाई  सरकारी इमेलअनिवार्य गर्ने भएको छ । अन्य इमेल प्रयोग गर्दा  तथ्यांक चोरी र दुरुपयोग हुने खतरा हुनसक्ने भएकाेले न्यूनीकरण गर्न मन्त्रालयले यस्तो योजना ल्याएकाे हाे ।

सरकारी इमेल प्रणालीलाई भरपर्दो र सुरक्षित बनाउने र ६ महिनाभित्र अधिकृतस्तरका सबै कर्मचारी र निर्वाचित पदाधिकारीलाई अनिवार्य प्रयोग गराउने मन्त्रालयको योजना छ । केन्द्रीय निकायमा कार्यरत कर्मचारीलाई ३ महिनाभित्र  सरकारी इमेल प्रयोग अनिवार्य गर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आइतबार आफ्ना सयदिने योजना सार्वजनिक गर्दै मन्त्रालयले २१ बुँदे योजना सार्वजनिक गरेको हो । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाको उपस्थितिमा सचिव महेन्द्रमान गुरुङले मन्त्रालयको योजना सार्वजनिक गरेका हुन् ।
उनले सय दिनभित्र सरकारी कामकाजलाई विद्युतीय माध्यमको प्रयोग गरी पठाइने कागजातलाई कानुनी मान्यता दिनका लागि सरकारी निकायमा विद्युतीय पत्राचारसम्बन्धी निर्देशिका तयार पारिने जानकारी दिए । ‘यसले सरकारी कामका लागि कागजी फाइल बोकेर हिँड्नुपर्ने बाध्यता अन्त्य गर्छ,’ सचिव गुरुङले भने ।
मन्त्रालयले अबको सय दिनभित्रै सूचना प्रविधि ऐनलाई अन्तिम रूप दिने बताएको छ । ‘ऐनको मस्यौदा तयार भइसकेको छ,’ गुरुङले भने, ‘यसमा विद्युतीय कारोबार, साइबर सुरक्षाजस्ता विषय समेटिएको छ ।’ हाल विद्युतीय कारोबार ऐनमा रहेका प्रावधान र डिजिटल हस्ताक्षरसम्बन्धी व्यवस्थालाई अद्यावधिक गरिएको मन्त्रालयले जनाएको छ । ऐनमा डोमेन नाम दर्ता, सूचना प्रविधि व्यवसाय, साइबर अपराधको व्याख्या,सेवा प्रदायकसम्बन्धी प्रावधान, साइबर कसुर र सजायसम्बन्धी व्यवस्था समेटिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दूरसञ्चार ऐन २०५३ लाई पनि संशोधन गर्ने भएको छ । मन्त्रालयले सय दिनभित्र गर्ने कामको सूचीमा ऐन संशोधनलाई समेत समेटेको छ । ऐनको मस्यौदा तयार भइसकेको छ । यसलाई अन्तिम रूप दिएर लागू गरिने मन्त्रालयले जनाएको छ । दूरसञ्चार ऐनमा सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणले अधिकतम ५ लाखसम्म मात्रै जरिवाना गर्ने व्यवस्था छ । संशोधित ऐनमा लाइसेन्सको विषय, फ्रिक्वेन्सीको बढाबढ, गुणस्तरसम्बन्धी विषयजस्ता विषयलाई अद्यावधिक गर्ने मन्त्रालयले जनाएको छ ।
अनलाइन कारोबारलाई सुरक्षित बनाउन राष्ट्रिय विद्युतीय भुक्तानी प्रणाली स्थापनाको लागि पूर्वाधार निर्माण गर्ने पनि मन्त्रालयले जनाएको छ । सरकारी एकीकृत डाटा केन्द्रको ब्याकअपका रूपमा हेटौंडामा निर्माण गरिएको डाटा सेन्टरलाई सय दिनभित्र सञ्चालनमा ल्याइने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सय दिनभित्रै सबै मोबाइलको मोबाइलको पहिचान नम्बर (आईएमईआई) दर्ता गर्ने प्रणाली लागू गर्ने लक्ष्य पनि लिएको छ । यसले मोबाइलको प्रयोग गरी हुने अवैध कारोबार र क्रियाकलाप नियन्त्रण गर्न सघाउने मन्त्रालयको भनाइ छ । दूरसञ्चार प्राधिकरण यसका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्ने प्रक्रियामा छ ।
दूरसञ्चार सेवा प्रदायक एकआपसमा मर्ज ग्राभिने र विलय हुनेसम्बन्धी नियमावलीको मस्यौदासमेत सय दिनभित्र तयार पार्ने मन्त्रालयले जनाएको छ । नेपालमा ६ वटा दूरसञ्चार सेवा प्रदायक भए पनि दुई सेवा प्रदायकले मात्रै अधिकांश बजार ओगटेका छन् ।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top