NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित सोमवार मंसिर ८ , २०८२
फागुन २१ को चुनाव सर्न सक्छ, विश्वप्रकाशले खुलाए कारण सोमवार मंसिर ८ , २०८२
जापानको ’टाउको काट्ने’ चीनको धम्की सोमवार मंसिर ८ , २०८२
Next
Prev

समाचार

६ महिनाभित्र सरकारी इमेल अनिवार्य

सोमवार बैशाख १० , २०७५
Reading Time: 1 min read
A A
६ महिनाभित्र सरकारी इमेल अनिवार्य
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ६ महिनाभित्र सबै अधिकृतस्तरका कर्मचारीलाई  सरकारी इमेलअनिवार्य गर्ने भएको छ । अन्य इमेल प्रयोग गर्दा  तथ्यांक चोरी र दुरुपयोग हुने खतरा हुनसक्ने भएकाेले न्यूनीकरण गर्न मन्त्रालयले यस्तो योजना ल्याएकाे हाे ।

सरकारी इमेल प्रणालीलाई भरपर्दो र सुरक्षित बनाउने र ६ महिनाभित्र अधिकृतस्तरका सबै कर्मचारी र निर्वाचित पदाधिकारीलाई अनिवार्य प्रयोग गराउने मन्त्रालयको योजना छ । केन्द्रीय निकायमा कार्यरत कर्मचारीलाई ३ महिनाभित्र  सरकारी इमेल प्रयोग अनिवार्य गर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आइतबार आफ्ना सयदिने योजना सार्वजनिक गर्दै मन्त्रालयले २१ बुँदे योजना सार्वजनिक गरेको हो । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाको उपस्थितिमा सचिव महेन्द्रमान गुरुङले मन्त्रालयको योजना सार्वजनिक गरेका हुन् ।
उनले सय दिनभित्र सरकारी कामकाजलाई विद्युतीय माध्यमको प्रयोग गरी पठाइने कागजातलाई कानुनी मान्यता दिनका लागि सरकारी निकायमा विद्युतीय पत्राचारसम्बन्धी निर्देशिका तयार पारिने जानकारी दिए । ‘यसले सरकारी कामका लागि कागजी फाइल बोकेर हिँड्नुपर्ने बाध्यता अन्त्य गर्छ,’ सचिव गुरुङले भने ।
मन्त्रालयले अबको सय दिनभित्रै सूचना प्रविधि ऐनलाई अन्तिम रूप दिने बताएको छ । ‘ऐनको मस्यौदा तयार भइसकेको छ,’ गुरुङले भने, ‘यसमा विद्युतीय कारोबार, साइबर सुरक्षाजस्ता विषय समेटिएको छ ।’ हाल विद्युतीय कारोबार ऐनमा रहेका प्रावधान र डिजिटल हस्ताक्षरसम्बन्धी व्यवस्थालाई अद्यावधिक गरिएको मन्त्रालयले जनाएको छ । ऐनमा डोमेन नाम दर्ता, सूचना प्रविधि व्यवसाय, साइबर अपराधको व्याख्या,सेवा प्रदायकसम्बन्धी प्रावधान, साइबर कसुर र सजायसम्बन्धी व्यवस्था समेटिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दूरसञ्चार ऐन २०५३ लाई पनि संशोधन गर्ने भएको छ । मन्त्रालयले सय दिनभित्र गर्ने कामको सूचीमा ऐन संशोधनलाई समेत समेटेको छ । ऐनको मस्यौदा तयार भइसकेको छ । यसलाई अन्तिम रूप दिएर लागू गरिने मन्त्रालयले जनाएको छ । दूरसञ्चार ऐनमा सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणले अधिकतम ५ लाखसम्म मात्रै जरिवाना गर्ने व्यवस्था छ । संशोधित ऐनमा लाइसेन्सको विषय, फ्रिक्वेन्सीको बढाबढ, गुणस्तरसम्बन्धी विषयजस्ता विषयलाई अद्यावधिक गर्ने मन्त्रालयले जनाएको छ ।
अनलाइन कारोबारलाई सुरक्षित बनाउन राष्ट्रिय विद्युतीय भुक्तानी प्रणाली स्थापनाको लागि पूर्वाधार निर्माण गर्ने पनि मन्त्रालयले जनाएको छ । सरकारी एकीकृत डाटा केन्द्रको ब्याकअपका रूपमा हेटौंडामा निर्माण गरिएको डाटा सेन्टरलाई सय दिनभित्र सञ्चालनमा ल्याइने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सय दिनभित्रै सबै मोबाइलको मोबाइलको पहिचान नम्बर (आईएमईआई) दर्ता गर्ने प्रणाली लागू गर्ने लक्ष्य पनि लिएको छ । यसले मोबाइलको प्रयोग गरी हुने अवैध कारोबार र क्रियाकलाप नियन्त्रण गर्न सघाउने मन्त्रालयको भनाइ छ । दूरसञ्चार प्राधिकरण यसका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्ने प्रक्रियामा छ ।
दूरसञ्चार सेवा प्रदायक एकआपसमा मर्ज ग्राभिने र विलय हुनेसम्बन्धी नियमावलीको मस्यौदासमेत सय दिनभित्र तयार पार्ने मन्त्रालयले जनाएको छ । नेपालमा ६ वटा दूरसञ्चार सेवा प्रदायक भए पनि दुई सेवा प्रदायकले मात्रै अधिकांश बजार ओगटेका छन् ।
LS Auto

लोकप्रीय

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२

विचार

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२

थप समाचार

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित
खेलकुद

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
ताजा समाचार

फागुन २१ को चुनाव सर्न सक्छ, विश्वप्रकाशले खुलाए कारण

सोमवार मंसिर ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

00:19:01

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.