विराटनगरमा १२ सहित प्रदेश १ मा २७ संक्रमित थपिए

१७ साउन ७७, आइतबार

१८ साउन विराटनगर ।
प्रदेश १ मा आइतबार २७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६ र सुनसरीमा ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मोरंगको विराटनगरमा ८ पुरुष, ४ महिला, कटहरीमा २ , ग्रामथान र बुढीगंगामा १–१ पुरुष, सुनसरीको धरानमा ८ पुरुष , १ महिला, बराहक्षेत्र र इटहरीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ७१ पुगेको छ ।

प्रदेश १ बाट आइतबार ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ५ महिला र २ पुरुष डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय २१ पुगेको छ । प्रदेश १ मा आइतबार १ हजार ९३ जनाको कोरोना परीक्षण गरिएको छ । आइतबार परीक्षण गरिएका मध्ये ५ महिला र २२ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top