×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026

सरकारले दैनिक १८ हजारको परीक्षण गर्न सक्छः स्वास्थ्य मन्त्री

१८ श्रावण २०७७

१८ साउन, काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमतामा सरकारसँग रहेको बताएका छन । सरकारले परिस्थितिलाई हेर्दै परीक्षणको दायरा बढाउने र त्यसको तयारी स्वरुप दैनिक १८ हजार परीक्षण गर्न सक्ने क्षमताको विकास गरेको मन्त्री ढकालले बताए ।

काठमाडौस्थित हाम्रा संबाददातासँगको कुराकानीमा मन्त्री ढकालले सरकारले दैनिक १८ हजार जनासम्मको परीक्षण गर्न आवस्यक सबै सामग्रीलाई तयारी अवस्थामा रोखेको बताए । उनले भने ‘हामीसँग क्षमताको हिसाबले कुरा गर्दा १८ हजार प्लसमा हामी पुगेका छौं र यो १८ हजारको क्षमतामा हामी प्रतिदिन त्यसको रिपोर्ट दिन सक्छौं भन्नुको अर्थ सामग्री पनि त्यही भोलुममा चाहिन्छ भन्ने कुरालाई हामीले हेक्का राखेका छौं ।’

Advertisement
Advertisement

६ लाख जनसंख्याको पीसीआर परीक्षण गर्ने तयारी सरकारले गरिरहेको समेत मन्त्री ढकालले बताए । अहिले सम्म ३ लाख ७० हजार भन्दा बढीको पीसीआर परीक्षण भइसकेको र त्यसलाई ६ लाख पु¥याउने तयारी स्वरुप सरकार अगाडि बढेको बताए । उनले भने ‘सम्माननीय प्रधानमन्त्रीले संसदमा बोल्दा खेरी नै जनसंख्याको दुई प्रतिशतलाई हामीले परीक्षणको दायरामा ल्याउँछौं भनेर उनले भने । हामीले त्यसलाई ६ लाखको संख्यामा बुझेका छौं र ६ लाख पीसीआर प्रविधिबाट परीक्षण गर्ने सामथ्र्य सहित रहनुपर्छ भन्ने विषयको तयारीमा मन्त्रालय छ । अहिले सम्म मलाई लाग्छ हामी ३ लाख ७० हजार भन्दा बढी नै छौं । यसले गर्दा ६ लाख सम्म गराउने खालको जोहो गरेर नै हामी बसेका छौं ।’

उनले परीक्षण नगरेको कारणले रिपोर्टहरु कम भएको भन्ने कुरा सत्य नभएको बताए । तर सबै ठाउँमा पुगेर परीक्षण गरिएको दावि नगरिएको समेत उनले बताए । सरकारले बनाएको मापदण्ड अनुसार नै परीक्षण भएको उनको दावि छ । उनले भने ‘परीक्षण नगरेको कारणले अथवा परीक्षण कम गरेको कारणले रिपोर्ट कम भयो भन्ने खालको कुरा सत्य होइन । त्यो यथार्थमा आधारीत छैन् । यसको अर्थ पुग्नुपर्ने सबैठाउँमा पुगेर हामीले गरेका छौं यो मेरो दावि होइन् । तर हामीले जे क्राइटेरिया बनाएका छौं अहिले सम्म त्यसका आधारमा हामीले गरेका छौं ।’

काठमाडौं उपत्यकामा संक्रमण फैलिएको सम्बन्धमा मन्त्री ढकालले सरकार नयाँ रणनीति अनुसार नियन्त्रण गर्ने गरी अगाडि बढ्न लागेको बताए । बाहिरी जिल्लाबाट उपत्यका भित्र आउने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर टेस्टको दायरालाई बढाएर जाने लगायतका विषयलाई अगाडि बढाइने बताए । अहिले देखिएको संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गयो भने काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्ने भएकाले सचेत रहन आग्रह गरे । उनले भने ‘बाहिरबाट आउने व्यक्तिहरुको हकमा क्वारेन्टाइनमा राख्ने खालको व्यवस्थापनमा हामीले जोड दिनुपर्छ । दोस्रो गाडि चलाउने कुरामा पनि भरमजदुर भन्दा पनि जोर बिजोर प्रणालीको कुरा गरियो भने त्यसले एकहद सम्म आवस्यकतालाई पनि पूर्ति गर्न सक्छ । अति आवस्यक भएको ठाउँमा हामीले पीसीआर टेस्टको निम्ति स्वाब कलेक्सन गर्ने खालको निकायलाई अझ प्रभावकारी र व्यवस्थित बनाएर तल सम्म जाने खालको कुरालाई गर्नुपर्छ । यस्तो खालको काम गरेर बाहिर र भित्रको सम्बन्धको बारेमा क्लियारिटी गरेर होम क्वारेन्टीनको कुरो अथवा स्थानीय क्वारेन्टीनको ग्यारेन्टी भएपछि मात्रै गर्ने खालको कुरा गरिएन भने जति जनसंख्या बेसी यति सघन मात्रामा रहेको काठमाडौंमा आगो सल्कियो अथवा डढेलो लाग्यो भने त्यो डढेलो निभाउने कुरा अरु बाहिर गाउँमा अथवा सानो सहरमा भएको भन्दापनि यो विस्फोटक हुन सक्छ ।’

सरकारले लागू गरेका नियम र मापदण्डहरुलाई पालना नगर्दा फेरी संक्रमणको स्थिति बढ्ने अवस्थामा देखिएको उनले बताए । लकडाउन खुकुलो भएपछि मानिसहरुको मुभमेन्ट बढेको र संक्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौंमा आउँदा जोखिम बढेको बताए । काठमाडौं उपत्यकाका नाकाहरुमा परीक्षण गर्दा संक्रमण देखिनुले यसलाई पुष्टि गरेको बताए । उनले भने ‘बाहिरबाट कोही आउँछ भने काम गर्ने जस्तो उद्योगकै कुरा गरौं न कामदारहरु आउँछ भने १४ दिन क्वारेन्टाइन बसेर मात्रै काममा हाजिर हुने भन्ने खालका जे हामीले नियम बनायौं त्यो नियमचाहिं पालना भएन् । दोस्रो हिजो लकडाउन लकडाउनहरु आउँदै आउँदैन थियो उडेर आउने खालको संक्रमण यतिकै रोकिएको थियो सीमामा जुन तल मात्रै जोखिम थियो राजधानी चाहिं एकखालको फिल्टर भएर मात्रै आउने कुरा हुन्थ्यो भने अहिले लकडाउन खुकुलो बनाएपछि प्रत्येक दिन गाडिबाट मान्छेहरु आउँदा संक्रमित ठाउँबाट मान्छेहरु आउने भएको छ भन्ने कुरा त नाकामा परिक्षण गरेको कारणले पनि पुष्टि भयो ।’

उनले संक्रमण बढी देखिएका जिल्लाहरुलई अनुगमन र मूल्याङ्कन गरी कडाई गर्ने र जिल्ला स्तरिय लकडाउनलाई कार्यान्वयन गर्ने कुरामा सरकारले जोड दिएको बताए । विरगंजमा देखिएको संक्रमणको स्थिति हेर्दा त्यहाँ सिल गरेर जानुपर्ने र आवतजावतलाई पूर्णरुपमा बन्द गर्नुपर्ने भएको छ । त्यस्तै काठमाडौंका विभिन्न नाकामा स्वाब संकलन गरिएकाहरुमा पनि संंक्रमण देखिएकाले काठमाडौं भित्र आउने सबैलाई होम क्वारेन्टाइन अथवा स्थानीय क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिने बताए । उनले भने ‘५ सय भन्दा बेसी केसहरु भएका जिल्लाहरु २ सय भन्दा बेसी केस भएका जिल्लाहरुमा चाहिं त्यहाँ अनुगमन गर्ने र मुल्याङ्कन गर्ने र कडाई गर्ने खालको कुरा अथवा जिल्लास्तरीय लकडाउन गर्ने कुरा हुन्छकी त्यो भन्दा बेसी कुनै एउटा क्षेत्रमा मात्रै जस्तो विरगंजमा अहिले जुनखालको संक्रमण देखिएको छ । त्यस्तोमा सिल गरेरै आवतजावतलाई रोक्नुपर्छ की भन्ने कुरा र अहिले पछिल्लो काठमाडौंका विभिन्न नाकाहरुमा स्वाब टेस्ट गर्दाखेरी जो मान्छेहरुमा पोजेटिभ देखियो यसले गर्दा काठमाडौं भरिमै र बाहिरिने खालको कुरामा पनि होम क्वारेन्टाइन तथा स्थानीय क्वारेन्टाइनमा बस्ने स्वीकृतिको अनिवार्य गर्ने कुराले् मात्रै संक्रमण नियन्त्रण गर्न सकिन्छ कि भन्ने विषयमा पनि हामी छलफल गरेका छौं ।’

Advertisement

उच्च जोखिम भएका स्थानमा नीतिगत निर्णयहरु मात्र गरेर नभई सामग्रीहरुको उपलब्धतामा समेत सकरारले ध्यान दिएको मन्त्री ढकालले बताए । लकडाउन भन्दा अघि कोरोना संक्रमणको अवस्थालाई लिएर सबैमा भय र त्रास रहेको र लकडाउनमा सबै नागरिकले साथ दिएकाले नियन्त्रण र व्यवस्थापनामा केही हद सम्म सफल भएको बताए । तर लकडाउन खोलेपछि पछि मानिसहरुले सुरक्षा सावधानीहरुलाई उलङ्घन गरेकाले स्थिति खराब बन्दै गएको बताए ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top