×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

भदौ १ गतेदेखि खुल्ने आन्तरिक हवाई सेवामा दैनिक ४८ उडान

१९ श्रावण २०७७

१९ साउन, एजेन्सी ।
नेपालमा लकडाउनका कारण प्रतिबन्ध लगाइएको व्यावसायिक हवाई उडान १ भदौदेखि खोल्ने निर्णय गरिसकेको छ।

उक्त निर्णय अनुसार गएको ९ चैतदेखि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान र ११ चैतदेखि रोकिएको आन्तरिक हवाई सेवा सञ्चालनको तयारीमा वायुसेवा कम्पनीहरू जुटेका छन्। आन्तरिक हवाई सेवाका लागि दैनिक ४८ वटा उडान स्वीकृत भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

Advertisement
Advertisement

बन्द भएको करीब पाँच महीनापछि उडान शुरु गर्न अनुमति दिइएसँगै केही वायुसेवा कम्पनीले उडान तालिका बनाएर प्राधिकरणबाट स्वीकृति पनि लिइसकेका छन्। प्राधिकरणका अनुसार, शहरी क्षेत्रका विमानस्थल (ट्रंक रुट) मा ३९ वटा उडान र दुर्गममा हुने उडान (स्टल) का लागि ९ वटा गरी दैनिक ४८ वटा उडानलाई अनुमति दिइएको छ।

ट्रंक रुटमा बुद्ध एयरले १८ वटा, यती एयरले ११ वटा, श्री एयरले ८ वटा र सीम्रिक एयरले २ वटा उडान गर्ने तय भएको वायुसेवा सञ्चालक संघका सदस्य एवम् बुद्ध एयरका वरिष्ठ प्रबन्धक रुपेश जोशीले बताए। वायुसेवा कम्पनीहरूको साविकको उडान संख्या अनुसार उडान अनुमति दिइएको हो।

यस्तै, दुर्गम क्षेत्रमा तारा, सीता र समिट एयरले ३–३ वटा उडानको अनुमति पाएका छन्। ट्रंक रुटमा उडान गर्ने सौर्य एयरलाइन्सको भने दुवै जहाज ग्राउन्डेड भएका कारण तत्काल उडान नगर्ने भएको छ। जहाज मर्मतमा रहेको र अन्तर्राष्ट्रिय उडान खुलेपछि थप पार्टपूर्जा ल्याउने उक्त वायुसेवाले जनाएको छ।

विभिन्न गन्तव्यका लागि दैनिक ८ वटा उडानको अनुमति पाएको श्री एयरलाइन्सले काठमाडौं उपत्यका बाहिरका जिल्लामा कोरोना संक्रमण बढिरहेकाले कुनै पनि वेला तालिका परिवर्तन हुनसक्ने जनाएको छ।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धर भन्छन्, ‘‘उडान तालिका तय भए पनि एकपछि अर्को शहर प्रभावित हुने र स्थानीय तहले बन्दाबन्दी गर्ने क्रम देखिएको छ, यसैले तालिका अनुसार सबै उडान हुन सक्नेमा अहिले नै विश्वस्त बन्न सकिएको छैन।”

वीरगञ्ज र विराटनगरमा संक्रमण दर बढ्न थालेपछि यो क्षेत्रमा हुने उडान रोकिने वा तालिका परिवर्तन हुनसक्ने मानन्धरको बुझाइ छ। प्राधिकरणले उडान संख्या तोकेर अनुमति दिएपछि आन्तरिक वायुसेवा कम्पनीहरूले आफ्नो उडान तालिका स्वीकृत गराउन थालेका छन्।

वायुसेवा कम्पनीले बनाएको उडान तालिका अनुसार अनुमति दिन सुरु भएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए। वायुसेवाले उडानको समय, भाडा दर आदि उल्लेख गरिएको तालिका प्राधिकरणबाट स्वीकृत गराउनुपर्छ।

क्षेत्रीका अनुसार, १ भदौदेखि उडान गर्न १६ साउनसम्ममा गोमा, तारा र यती एयरलाइन्सले प्राधिकरणबाट उडान तालिका स्वीकृत गराइसकेका छन्। अन्य वायुसेवाले उडान तालिका स्वीकृत गराउनै बाँकी छ।

वायुसेवाहरूले एक साताका लागि उडानको अनुमति पाएका छन्। अहिले नियमित उडानको अनुमति दिइए पनि सञ्चालनको पहिलो साता कोरोनाभाइरस संक्रमणको अवस्था र जोखिम हेरेर उडान घटबढको निर्णय लिइने बताइएको छ। उडान शुरु गर्दा साविककै भाडा दर कायम रहनेछ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेका अनुसार, बन्दाबन्दी अघिको उडानको अनुपातमा भदौ पहिलो साता वायुसेवा कम्पनीले जम्मा १५ प्रतिशतबाट उडान शुरु गर्ने तय भएको छ। त्यसलाई बढाउँदै अधिकतम ३० प्रतिशत मात्रै उडान गर्न सकिने गरी आन्तरिक वायुसेवाले तयारी गरिरहेको कँडेल बताउँछन्।

“यात्रुको संख्या बढ्दै गए तथा सामाजिक दूरी कायम गरेर उडान गर्ने अवस्था देखिए थप उडान गर्दै जाने कुरा भएको छ”, उनी भन्छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसी भने अन्तर्राष्ट्रिय उडान दैनिक १० देखि १५ वटा गर्न सकिने भए पनि अहिलेको अवस्थामा आन्तरिक उडान धेरै गर्न नसकिने बताउँछन्।

उनका अनुसार, आन्तरिक विमानस्थलमा टर्मिनलको यात्रु क्षमता प्रतिघण्टा ४५० जना मात्रै हो। त्यसमा पनि सामाजिक दूरी कायम गर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने र भीडभाड नगरी उडान गर्दा ५० प्रतिशतसम्म घटाएर यात्रु प्रवेश गराउनुपर्ने उनको भनाइ छ।

Advertisement

केसी भन्छन्, “वायुसेवा कम्पनीले सकेसम्म धेरै उडान माग्ने गर्छन् र बढी उडान गराउन सकिए प्राधिकरणलाई पनि फाइदा नै हुने हो, तर त्यसो गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना सबैभन्दा ठूलो चुनौती हुनेछ।”

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top