मेलम्ची पहिरो अपडेटः बेपत्ता आठैं जनाको शव फेला

१९ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोमा परेर बेपत्ता भएका ८ जनाकै शव फेला परेको छ ।

Advertisement

शवहरुको पहिचान भने खुल्न सकेको छैन । अर्का उद्धार गरिएका घाइतेको मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाण्डौ पठाएको वडाध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिएका छन् । लगातारको वर्षासँगै राति पहिरो खसेपछि ९ जना पुरिएका थिए ।

उनीहरु वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्ड हल बनाउन खटिएका कामदार रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख फलबहादुर तामाङले जानकारी दिए ।

Advertisement

मेलम्ची बजार पिपलबोट नजिक ढिस्को खसेर कामदार सुतेको घर पुरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top