×

NEPAL TIMES UPDATES

Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026
Playing
१५ सय ९४ राजनीतिक नियुक्ति एकै पटक खारेज || Nepal Times
May 03, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
May 02, 2026
Playing
राष्ट्रपतिले जारी गरे ६ अध्यादेश, दुई होल्डमै || Nepal Times
May 02, 2026

भदौ १ गतेदेखि आन्तरिकतर्फ दैनिक ४८ उडान, व्यवसायी अन्योलमा

२० श्रावण २०७७

२० साउन, काठमाडौं ।

भदौ १ गतेदेखि सञ्चालन हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सका दैनिक ४८ उडान हुने भएका छन् । बन्दाबन्दीको झण्डै पाँच महिनापछि शुरु हुने व्यावसायिक उडानका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले ४८ वटा उडान स्वीकृति दिएको जनाइएको छ ।

Advertisement
Advertisement

प्राधिकरणले शहरी क्षेत्रका विमानस्थल (ट्रङ्क रुट) मा ३९ वटा उडान र दुर्गममा हुने उडान (स्टल) का लागि नौ वटा गरी दैनिक ४८ वटा उडानलाई अनुमति दिइएको छ । उडान खुल्ने भएपछि आन्तरिक उडानका वायुसेवा कम्पनीले पूर्व तयारी तीव्र पारेका छन् ।

बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्सलगायत ठूला कम्पनीले सुरक्षित उडानका लागि विशेष तयारी गरिरहेका छन् । कतिपय एयरलाइन्सले उडान तालिका बनाएर प्राधिकरणबाट स्वीकृति पनि लिइसकेका छन् । यस विषयमा प्राधिकरणले औपचारिक निर्णय गरिसकेको छैन ।

वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालका प्रवक्ता योगराज कँडेल शर्माले ट्रङ्क रुटमा अहिलेलाई ४८ उडान प्राधिकरणबाट स्वीकृत भएको बताउनुभयो । हेलिकप्टरको उडान थपिनेछ ।

बुद्ध एयरले १८ वटा उडान अनुमति पाएको छ । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले उडान सञ्चालनका लागि आवश्यक सबैखाले तयारी गरिएको बताए । बुद्ध एयरले सबै गन्तव्यमा उडान गर्ने योजनाअनुरुप टिकट बुकिङ खुलाएको उनले जानकारी दिए । बुद्धले ११ एटिआरसहित १३ जहाजमार्फत आन्तरिक उडान गर्दै आएको छ । सामान्य अवस्थामा दैनिक १०० हाराहारी उडान गर्ने बुद्धले बन्दाबन्दीपछिको शुरुआती चरणको उडानमा कम सङ्ख्यामा उडान गर्नेछ ।

निजी क्षेत्रको अर्को यती एअरलाइन्सले ११ उडान अनुमति पाएको छ । सुरक्षित उडानका लागि स्वास्थ्य प्रोटोकल प्राधिकरणबाट अनुमोदन गराई पूर्वाभ्यास गरिरहेको छ । यती एअरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले स्वास्थ्य प्रोटोकल पालना गर्दै दैनिक रुपमा कर्मचारीलाई अभ्यास तथा स्वास्थ्य सर्तकताका सबैखाले तयारी गरिएको जानकारी दिए ।

यतीले शुरुमा ११ उडान गर्नेछ । अवस्था हेरेर क्रमशः उडान थप्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ । यतीले सामान्य अवस्थामा दैनिक ७० वटासम्म उडान गर्दै आएको थियो । यतीसँग हाल पाँच एटिआर र पाँच जेटस्ट्रिमसहित १० वटा जहाज छन् ।

आठ उडान अनुमति पाएको श्री एयरले पनि आफ्ना गन्तव्यमा सुरक्षित उडानका लागि पूर्वअभ्यासलगायत तयारी गरिसकेको छ । कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले भदौ १ गतेदेखि हुने उडानको सम्पूर्ण तयारी सकिएको बताए । पहिला दैनिक २० उडान गर्ने श्रीले पनि भदौ पहिलो साताभर दैनिक आठ उडान गर्नेछ । कम्पनीसँग सिआरजे ७०० र सिआरजे २०० सिरिजका समान दुई जहाज तथा ‘ड्यास एट’ दुई गरी जम्मा छ वटा जहाज छन् ।

समान तीन उडान पाएको सीता र समिट तथा सीम्रिक एयरले दुई वटा उडान गर्ने अनुमति पाएका छन् । सौर्य एयरलाइन्सको जहाज ग्राउण्डेड रहेकाले उडानको यकिन भएको छैन । विमानस्थलमा प्रतिघण्टा ३५० यात्रुलाई मात्र उडान गर्ने प्राधिकरण र वायुसेवा प्रदायकबीच सहमति भएको छ । यो व्यवस्था भदौको पहिलो हप्ताका लागि लागू गर्ने र सोको आधारमा पुनः भदौ ५ गते बैठक बसी निर्णय हुने प्राधिकरणले जनाएको छ । पहिलो हप्ता बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उडानका लागि समय निर्धारण गर्ने सहमति भएको छ ।

उडान अन्योल कायमै

वायुसेवा कम्पनीले उडान सञ्चालनको तयारी तीव्र पारिरहँदा अझै उडान हुने होकी भन्ने यकिन भएको छैन । काठमाडौँ उपत्यकामा दैनिक कोभिड–१९ सङ्क्रमणका बिरामी बढिरहेकाले पुनः लकडाउन हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चेतावनी दिएको छ ।

विज्ञहरुको सुझावलाई लिएर सरकारले कोभिड सङ्क्रमण नियन्त्रणका लागि पुनः सवारी साघनको जोर बिजोर प्रणाली लागू गर्नसक्ने बताइएको छ । सोही सम्भावित अवस्थालाई ध्यानमा राख्दै हवाई कम्पनीले पाँच महिनापछि शुरु हुन लागेको हवाई उडान प्रभावित हुनसक्ने आशङ्का गरेका छन् ।

सार्वजनिक यातायात पूर्ण सञ्चालनमा नआउँदा हवाई उडानलाई समेत असर पर्ने उनीहरुको बुझाइ छ । ट्रङ्क रुटमा मुख्यगरी विराटनगर, सिमरालगायत गन्तव्यमा अवरोध कायमै रहेको तथा नेपालगञ्जसहित अन्य विमानस्थलमा पनि समस्या आउनसक्ने भएकाले शुरुआती व्यावसायिक उडान सञ्चालनमा कठिनाइ हुनसक्ने सङ्घका प्रवक्ता शर्माले बताए ।

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक मानन्धरले एयरलाइन्सले उडान तयारी गरे पनि आगामी दिनको अवस्था कस्तो हुने भन्ने अन्योल रहेको बताए । कम्पनीले आफ्ना जहाज जाने मुख्य गन्तव्यमा अवरोध रहेकाले पोखरा गन्तव्यमा मात्रै उडान हुनसक्ने जनाएको छ ।

Advertisement

आन्तरिक उडानमा १० हेलिकप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान गर्दै आएका छन् । नियमित उडानमा ३४ हेलिकप्टर र ४६ जहाज छन् । आन्तरिकमा दैनिक ३५० भन्दा बढी उडान हुँदै आएको थियो ।रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top