विदेशबाट फर्किएका भन्छन्- ‘स्वदेशमै केही गर्न चाहन्छौँ’

१९ साउन ७७, मंगलबार

२० साउन, टीकापुर ।

विश्वभरि कोरोना भाइरस सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा विदेशिएका नागरिक आफ्नो देश र घर फर्किरहेका छन् ।

सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा भारत तथा तेस्रो मुलुकमा रहेका सुदूरपश्चिमका हजारौँ नागरिक घर फर्किएका छन् । कैलालीको टीकापुर नगरपालिकामा पनि लकडाउनपछि करिब चार हजार नागरिक गाउँ फर्किएका छन् ।

Advertisement

भारतलगायत तेस्रो मुलुकबाट एक हजार महिला र तीन हजार पुरुष टीकापुर भित्रिएका छन् । विदेशबाट घर फर्किएकाहरू विदेशमा बस्दा केही न केही सीप सिकेर आएका छन् ।

उनीहरूले विदेशमा बस्दा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गर्न पाए विदेश नजाने मनसाय बनाइरहेका छन् । टीकापुर नगरपालिका–४ इन्द्रैयाका जितबहादुर चौधरीले अब विदेश नफर्कने बरु नेपालमै केही गर्ने सोच बनाएका छन् ।

Advertisement

‘स्थानीय सरकारले सहयोग गरे यहीँ केही पेशा गर्ने योजना छ’, चौधरी भन्छन्, ‘मैले विदेशमा सिकेको कामलाई यहाँ व्यवसायका रूपमा गर्न चाहन्छु । सरकारले काम गर्ने वातावरण बनाइदिनुपर्छ ।’

टीकापुर–५ मनिकापुरका मीनबहादुर साउद पनि छ वर्ष दुबईमा बसेर घर फर्किएका हुन् । उनी पनि स्थानीय सरकारले आफ्नो सीपलाई हेरेर काम दिएको खण्डमा त्यसलाई आफ्नै देशमा प्रयोग गर्ने सोचमा छन् ।

‘मैले दुबईमा स्का फोल्डिङको काम सिकेर आएको छु’, साउदले भने, ‘सरकारले केही काम दिएको भए हुन्थ्यो । यही काम गरेर जीविका चलाउनहुन्थ्यो ।’

वडा नं १ का ओमप्रकाश राजवंशी पनि कामको सिलसिलामा २१ वर्ष भारतको दिल्लीमा बसेर घर फर्किएका छन् ।

उनले त्यहाँ बस्दा प्राविधिक सहयोगीको काम गर्थे । उनले हाउस किपिङको काम पनि सिकेका छन् । कोरोना महामारीको अप्ठ्यारोमा गाउँ फर्किएका राजवंशी सरकारले आफूले सिकेको सीपलाई नेपालमै सदुपयोग गर्ने योजना बनाए विदेश नजाने बताउँछन् ।

‘सवारी साधन चलाउने, मर्मत गर्ने सबै काम जानेको छु’, राजवंशी भन्छन्, ‘म हाउस किपिङको तालिम दिने काम पनि गर्छु, अब यही गर्न पाए किन भारत फर्कनु ?’

टीकापुर नगरपालिकाले वैदेशिक रोजगारीबाट सीप सिकेर फर्केका नागरिकलाई रोजगारी सिर्जना गर्ने नीति लिएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा रोजगारी सिर्जना गर्नका लागि रु ५० लाख रकम विनियोजन गरेको छ ।

‘कोभिड–१९ का कारण स्वदेश फर्किएकाको माग र आवश्यकताका आधारमा रोजगार सिर्जना गर्ने खालका कार्यक्रम बनाउनेछौँ’, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले भने, ‘स्वदेश फर्किएका युवाले काम गर्न चाहे नगरपालिका काम तथा सीप विकासमा सघाउन तयार छ ।’

नगरप्रमुख रावलले वैदेशिक रोजगारीमा गएर काम सिकेका नागरिकको सीपलाई सदुपयोग गर्न सके स्वदेशमै रोजगारीका अवसर सिर्जना हुने र नगरपालिकाको विकास र आम्दानीमा टेवा पुग्ने बताए ।

टीकापुर नगरपालिकाको जनसङ्ख्या ९० हजार रहेको छ । तीमध्ये १८ हजार नागरिक रोजगारीको सिलसिलामा भारत तथा अन्य मुलुकमा कार्यरत छन् ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top