कतारबाट १५१ जना नेपाली स्वदेश फर्किए

२० साउन ७७, बुधबार

योगेन्द्र योगी
२१ साउन, दोहा ।

 कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा कतारबाट बुधबार १५१ जना नेपाली स्वदेश फर्किए छन् ।

दोहाबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको २३९२ उडानमा ४ बालबालिका र १८ महिलासहित १५१ जना नेपाली रहेको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव भुवन प्रसाद भट्टले जानकारी दिएका छन् ।

Advertisement

स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाईका लागि नेपाली दूतावासका द्वितीय सचिव भुवन प्रसाद भट्ट लगायत नेपाली समुदायका प्रतिनिधिहरुको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

आज साझ हिमालय एयरलाइन्सले कतारबाट अन्तिम उडान गर्दैछ । कतारबाट ४ हजार ३८ जनासहित विभिन्न समयमा मृत्यु भएका ४४ जनाको शव नेपाल पठाईसकेको सचिव भट्टले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top