इंग्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय खेलमा आयरल्यान्डको शान्दार जित

इंग्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय खेलमा आयरल्यान्डको शान्दार जित

२१ साउन, एजेन्सी । इंग्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय खेलमा आयरल्यान्डले शान्दार जित हात पारेको छ । यसअघिका दुई खेलमा पराजित भएको आयरल्यान्डले तेस्रो खेलमा ७ विकेटको जित हात पारेको हो ।

इंग्लिस कप्तान इयान मोर्गान तथा आयरल्यान्डका पाउल स्टर्लिङ र कप्तान एन्डी बाल्बिर्नीले सहित तीन खेलाडीले शतक हान्दा खेल रोमाञ्चक बनेको थियोे ।

पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड ४९.५ ओभरमा ३२८ रनमा अलआउट भयो।

मोर्गानले १०६ रन जोड्दा टम बन्टनले ५८ रन र डेभिड विलीले ५१ रन ज‍ोडे। बलिङमा आयरल्यान्डका क्रियाग योङले ३ विकेट लिए।

३२९ रनको लक्ष्य आयरल्यान्डले १ बल खेल्न बाँकी छदा ३ विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि स्टर्लिङले १४२ रन र कप्तान एन्डीले ११३ रन जोडे। स्टर्लिङ प्लेयर अफ दि म्याच भए।

ह्यारी टेक्टर नटआउट २९ र केभिन ओ’ब्राइनले १५ बलमा नटआउट २१ रन जोडे।

आयरल्यान्डले सन् २०१५ को विश्वकपमा वेस्ट इन्डिजलाई हराएपछि पहिलो पटका ठूला प्रतिद्वन्दीलाई हराएको हो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.