बाढीले बगाएर भारत पुर्‍याएको गैँडाको तीन वर्षपछि उद्धार

२० साउन ७७, बुधबार

२१ साउन, चितवन।

तीन वर्षअघि बाढीले बगाएर भारत पुर्‍याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार मङ्गलबार दिउँसो तीन बजे डार्ट गरी मध्यरातमा निकुञ्ज ल्याएर छाडिएको हो । उहाँका अनुसार राति १ बजेतिर निकुञ्जको कसरा नजिकै थपलिया तालको छेउमा गैंडालाई छाडिएको हो ।

अन्दाजी १२ वर्षको पोथी गैँडालाई तीनवटा हात्ती, २५ प्राविधिक कर्मचारीको सहयोगमा उद्धार गरी ल्याइएको रुपाखेतीले जानकारी दिनुभयो । विसं २०७४ साउन २७ गते आएको बाढीले राप्ती वा नारायणी नदीले बगाएर सो गैँडालाई भारतको बाल्मिकी टाइगर रिजर्भ पु(याएको थियो ।

Advertisement

सो गैँडा चर्न बेलाबेलामा नेपालतर्फ आउने गरेको थियो । गत पुसमा पनि नेपालतर्फ देखिएपछि उद्धार गर्ने प्रयास गरिएको भए पनि असफल भएको रुपाखेतीले बताउनुभयो । यही साउन १५ गतेदेखि गैँडा नर्सही क्षेत्रमा रहेको सूचना प्राप्त भएपछि निकुञ्ज कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, डिभिजन वन कार्यालय नवलपुरका कर्मचारी एवं प्राविधिकको सहयोगमा गैँडाको उद्धार गर्न सकिएको रुपाखेतीले बताए । नारायणी नदी बढेपछि भारततर्फ जान नसकेर अड्किएको गैँडालाई उद्धार गरिएको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार बाढीपछि उद्धार गरिएको यो ११औँ गैँडा हो । बाढीपछि भारततर्फको भूमिबाट नौवटा र नेपालतर्फको भूमिबाट योसहित दुई गैँडा उद्धार गरिएको उप्रेतीले जानकारी दिनुभयो ।

Advertisement

बाढीले बगाएर भारत पुर्‍याएका अरु केही गैँडा भारतमा रहेको र नेपाल ल्याउन आवश्यक वातावरण मिलाइदिन भारतलाई पत्राचार गरिएको भए पनि भारतले कुनै प्रतिक्रिया दिएको छैन । त्यस वर्ष बाढीका कारण दुर्लभ एकसिङ्गे गैँडासहितका जनावरहरु बगेका थिए । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top