×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एसईईको नतिजा केही दिन ढिलो हुने

२२ श्रावण २०७७

२२ साउन, काठमाडौँ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन केही दिन ढिलो हुने जनाएको छ । हतार गर्नुपर्ने परिस्थिति नरहेकोले सर्टिफिकेटमा कुनै त्रुटि नहोस् भनेर त्यसलाई दोर्होयाएर हेर्ने काम भइरहेको बोर्डले जनाएको छ ।

बाढीपहिरो र कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढेकाले नतिजा प्रकाशन गर्दा विद्यार्थी चहलपहल बढ्न सक्ने आकलनसमेत गरिएको जनाइएको छ । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलल भने, ‘सर्टिफिकेटमा कुनै त्रुटि नहोस् भनेर त्यसलाई दोर्होयाएर हेर्ने काम भइरहेको छ । लकडाउनले गर्दा त्रुटि सच्याउन तत्काल काठमाडौं आउन सक्दैनन् । र अहिलेसम्म विद्यालयसमेत खुल्ने वातावरण नरहेकोले नतिजा केही दिन ढिलो प्रकाशन गर्दा कुनै फरक पर्दैन ।’

Advertisement

यसपटक आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने गरिने तयारी भएको छ । बोर्डले यसअघि साउन १५ भित्रै नतिजा प्रकाशित गर्ने जनाएको थियो । विद्यार्थीले प्राप्त गरेका अंकहरू सिस्टममा चढाउने काम भइसकेको छ ।

Advertisement

यसपटक एसईई दिने ४ लाख ८२ हजार परीक्षार्थीले थिए । नतिजा प्रकाशन गरेपछि परीक्षार्थीलाई बोर्डले नै ग्रेडसिट प्रदान गर्नेछ । विद्यालयले पछिल्लो पटक सञ्चालन गरेको कक्षा १० को परीक्षाका आधारमा एसईईका विद्यार्थीलाई प्रमाणपत्र दिने गरी बोर्डले कार्यविधि बनाएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top