राष्ट्रिय सभाका समिति सभापतिहरुमा पूरानै अनुहार

२३ साउन, काठमाडौँ ।
संघीय संसद राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार समन्वय समितिमा दिलकुमारी रावल थापा शुक्रबार निर्वाचित भएका हुन् ।

Advertisement

बिहीबार मनोनयन दर्ता हुँदा चारवटै समितिमा एक एक जनाको मात्रै उम्मेदवारी परेको थियो । त्यसैले उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा निर्वाचित हुनुभएका रामनारायण विडारीले यसअघि प्रत्यायोजित विधायन, सरकारी आश्वासन र राष्ट्रिय महत्वका दास्तावेजहरुलाई व्यवस्थापन गर्ने कार्यको सुरुवात भइको र अव कार्यान्वयनमा जाने बेला भएको बताए ।

उनले सरकारलाई कानून निर्माणमा सचेत गराउने, संवैधानिक अंगहरुलाई सचेत गराउने कार्यलाई प्रभावकारी बनाइने बताए । उनले भने–‘अव सरकारलाई छोडिन्न, अव सरकारलाई के छोडिन्न भने मनलाग्दी कानून बनाउन छोडिन्न, अव सरकारलाई नियन्त्रण गरिन्छ, सरकारलाई सचेत गराइन्छ र संवैधानिक अंगहरुलाई पनि कानून मनलाग्दी बनाउन पाइदैन भनेर रोकिन्छ । चोह निर्वाचन आयोग होस, चाहे अख्तियार दुरुपयोग अनुसन्धान आयोग होस, चाहे सर्वोच्च अदालत होस कानून बनाउने निकाय ती होइनन । त्यसकारण तिनिहरुले कानून बनाउँदा संसदmाई सिरोधार्य गरेर, संसदको न्यायिक अधिकार नमिच्ने गरी संघीय संदको क्षेत्राधिकार भित्र बसेर हामी उनीहरुलाई प्रत्यायोजित सम्बन्धमा निगरानी गछौं, नियन्त्रण गछौं, निर्देशन दिन्छौं र कार्यान्वयन गराउँछौं ।’

Advertisement

दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले समितिले यस अघि सुरु गरेका कार्यक्रमलाई पूर्णता दिदै सरकारलाई थप सचेत बनाउने कामलाई अगाडि बढाउने बताएइन् । उनले विभिन्न मन्त्रालय अन्तर्गत के के काम भइराखेको छ र सरकारले के गरिरहेको छ भन्ने कुरामा ओभरसाइड गर्ने बताइन् । उनले भनिन्– ‘हाम्रो कार्ययोजना विभिन्न मन्त्रालय अन्तर्गत १७ वटा लक्ष्यहरु छन । ती मन्त्रालय अन्तर्गत के के काम भइरोको छ र खासगरीकन हाम्रो यो समितिले सरकारलाई कहाँ के भइराखेको छ भन्ने कुरामा हामीले ओभरसाइड गर्नेछौं ।’

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले वार्षिक कार्ययोजना निर्माण गरी समितिका कामकारबाहीलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरिन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top