×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बेरुत पुगेर फ्रान्सेली राष्ट्रपतिले जनाए सहयोग गर्ने प्रतिबद्धता

२३ श्रावण २०७७

२३ साउन, बेरुत।

लेबनानको भ्रमणमा बेरुत पुगेका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रो समक्ष स्थानीयवासीले बेरुतको बन्दरगाह विस्फोटका लागि लेबनानी नेताहरू जिम्मेवार रहेको भन्दै आक्रोश पोखेका छन् ।

Advertisement
Advertisement

विस्फोटको प्रत्यक्ष अवलोकनका लागि पुग्नुहुँदा त्यहाँ भेला भएका स्थानीयवासीले म्याँक्रोमाथि लेबनानी नेताहरूको अकर्मण्यताले जनधनको ठूलो क्षति भएको गुनासो गरेका थिए । राष्ट्रपति म्याँक्रोले राजनीतिक नेताहरूमाथि सुधारका व्यापक कदम चाल्न आफूले सक्दो दबाब र मद्दत गर्ने बताएका थिए ।

मङ्गलबारको विस्फोटको अनुसन्धानको नेतृत्व गरिरहनुभएका एकजना सैनिक न्यायाधीशले बेरुत बन्दरगाहमा कार्यरत १६ जना कामदारलाई गिरफ्तार गरिएको बताएका छन् । उनले बन्दरगाह र भन्सार अधिकारीहरू समेत अरु १८ जनामाथि विभिन्न प्रश्न सोधिएको जानकारी दिए । अनुसन्धान अधिकृतहरूले बन्दरगाहका अधिकारीहरूमाथि छानबिन गरिरहेका भए पनि धेरैजसो लेबनानी नागरिकहरूले राजनीतिक नेतृत्वमाथि दोष दिइरहेका छन् । उनीहरूले मुलुकमा व्याप्त भ्रष्टाचार र अव्यवस्था पनि विस्फोटका लागि मुख्य जिम्मेवार रहेको बताएका छन् ।

बेरुतको बन्दरगाह विस्फोटको घटना हुनुअघि नै लेबनानको आर्थिक अवस्था पतनतर्फ अग्रसर भइसकेको बताएका छन् । लेबनानी मन्त्रिपरिषदलाई बन्दरगाहमा राखिएको एमोनियम नाइट्रेट खतरनाक रहेको भन्दै पहिल्यै सुरक्षा निकायहरूले जानकारी गराएका लेबनानका भन्सार प्रमुखले जानकारी दिएका छन् । भन्सार प्रमुखको उक्त भनाइ सार्वजनिक भएसँगै लेबनानको उच्च नेतृत्वले प्रज्ज्वलनशील पदार्थका बारेमा गम्भीरता नदेखाएको पुष्टि हुन्छ ।

बन्दरगाहमा लागेको आगो करिब २ हजार ७५० टन एमोनियम नाइट्रेटको भण्डारमा सल्किएसँगै अचानक विस्फोट भएको थियो । उक्त रसायनिक पदार्थ सन् २०१३ मा लेबनानी भन्सार अधिकारीहरूले बरामद गरी बन्दरगाहमा राखेका थिए । छिमेकी मुलुक साइप्रससम्म सुनिएको त्यस विशाल विस्फोटनबाट १३० जनाभन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै बन्दरगाह वरिपरिका सयौँ घरहरू ध्वस्त हुँदा चार हजार भन्दा बढी मानिस घाइते भएका थिए ।

दुई दिनपछि पनि बेरुतको कूल जनसङ्ख्याको १२ प्रतिशतभन्दा बढी अर्थात् करिब तीन लाख मानिस आफ्ना घर फर्कन सकेका छैनन् । केही अस्पताहरूमा पनि नराम्रोसँग क्षति पुगेको छ । दर्जनौँ व्यक्ति अझै बेपत्ता छन् । अधिकारीहरूले विस्फोटबाट १० देखि १५ अर्ब डलर बराबरको क्षति पुगेको बताएका छन् ।

यसबाहेक, यो वज्रपात मानिसको बचत समाप्त हुनैलाग्दा आइपरेको छ । आर्थिक संकटका कारण लेबनानमा बेरोजगारी र गरिबी व्यापक रुपमा बढेको छ । केही मानिसमा मात्र आफ्ना घरहरू र व्यवसाय पुनः निर्माण गर्ने क्षमता छ, तर सरकारसँग डलरको नितान्त अभाव छ ।

लेबनानी नेताहरूसँगको भेटवार्तापछि फ्रान्सेली राष्ट्रपति म्याँक्रोले लेबनानका लागि खाद्यान्न, औषधि, आवास र अरु आपतकालीन सहायता जुटाउन युरोपेली मुलुकहरू, अमेरिका, मध्यपूर्व र अरु दाताहरू सम्मिलित एउटा सम्मेलन केही साताभित्रै आयोजना गर्ने बताएका छन् ।

तर उनले लेबनानका राजनीतिक नेताहरूलाई जनताको विश्वास गुमाएको सरकारमाथि त्यतिकै विश्वास गर्न नसकिने चेतावनी दिएका छन् । उनले नेताहरूलाई नयाँ राजनीतिक स्थायित्व निर्माणका लागि आग्रह गरेका छन् । राष्ट्रपति म्याँक्रोले स्पष्ट र पारदर्शी सरकार संचालन पहिलो शर्त हुने बताउँदै यस्तो व्यवस्थाबाट मात्र अन्तर्राष्ट्रिय सहायता जनतामा प्रत्यक्ष रुपमा पुग्ने बताए ।

Advertisement

लेबनानका लागि अन्तर्राष्ट्रिय आपतकालीन सहायता आइपुग्न शुरु भएको छ । युरोपेली, अरब र एसियाली मुलुकहरूले चिकित्सक, औषधि वा फिल्ड अस्पताल लेबनान पठाएका छन् । संयुक्तराष्ट्र संघले लेबनानका लागि आपतकालीन कोषबाट ९० लाख डलर उपलब्ध गराउने बिहीबार घोषणा गरेको छ ।रासस / एपी

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top