×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रोनाल्डोले दुई गोल गर्दा पनि युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

२४ श्रावण २०७७

२४ साउन, एजेन्सी ।
इटालियन च्याम्पियन युभेन्टस यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाट नै बाहिरिएको छ । शुक्रबार घरेलु मैदानमा भएको खेलमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै फ्रान्सेली टोली लियोनलाई २–१ ले पराजित गरेपनि युभेन्टस अगाडि बढ्न सकेन । समग्रमा २–२ को स्कोर भएपनि अवे मैदानमा गोल गरेको आधारमा लियोन भाग्यमानी बन्यो । लियोनले घरेलु मैदानमा भएको पहिलो लेग १–० ले जितेको थियो ।

पहिलो लेग १–० ले जितेको लियोनले दोस्रो लेगको १२ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । कप्तान मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै लियोनलाई सुदृढ अवस्थामा पुर्याएका छन् । युभेन्टसका मिडफिल्डर रोड्रीगो बेन्टान्कुरले हुसेम औआरलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

Advertisement

त्यसअघि खेलको आठौं मिनेटमा लियोनका मिडफिल्डर हुसेम औआरको प्रहारलाई गोलरक्षक वोज चिएक सेचेज्नीले बचाउँदै कर्नर बनाए । लगत्तै रोनाल्डोको प्रहार बाहिरीएपनि उनी अफसाइड ठहरिएका थिए ।

१९ औं मिनेटमा युभेन्टसले खेलमा फर्कने सुवर्ण अवसर गुमायो । फेडेरिको बर्नार्डेस्कीले तीन डिफेन्स र गोलरक्षक समेतलाई छलाएर गोल गर्न नजिक पुगेको अवस्थामा मार्सेलोले अन्तिम समयमा उत्कृष्ट ट्याकल गर्दै सम्भावित गोल टारे ।

२० औं मिनेटमा एलेक्स सान्ड्रोको क्रसमा क्रिस्टियानो रोनाल्डोको हेडरले पोस्टको दिशा लिन सकेन । ३५ औं मिनेटमा रोनाल्डोले झन्डै ३० यार्ड टाढाबाट गरेको फ्रिकिक वालमा लागेर फर्कियो । लगत्तै जुआन क्वाडराडोको क्रसमा हिगुआइनको हेडरलाई गोलरक्षक लोपेसले दोस्रो प्रयासमा बचाए ।

४० औं मिनेटमा युभेन्टस खेल बराबरीमा ल्याउने अवसरबाट चुक्यो । पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकमा रोनाल्डोको प्रहारलाई गोलरक्षक लोपेसले सानदार बचाउ गरेका थिए । लगत्तै मिरालेम प्यानिचले त्यस्तै स्थानबाट प्रहार गरेको फ्रिकिकमा युभेन्टसले पेनाल्टी प्राप्त गर्यो ।

प्यानिचको फ्रिकिकले वालमा बसेका कप्तान मेम्फिस डिपाएको हातमा लागेपछि इटालियन टोलीले पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ५२ औं मिनेटमा प्यानिचको लामो फ्रिकिकलाई गोलरक्षक लोपेसले पन्च गरिदिए । ५७ औं मिनेटमा लियोनका ब्रुनो गुइमारेसले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार आकासियो ।

खेलको ६० औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । पेनाल्टी क्षेत्रको बाहिरबाट रोनाल्डोले बायाँ खुट्टाले गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक लोपेसले बचाउने प्रयास गरेपनि उनको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

६४ औं मिनेटमा युभेन्टसका डिफेन्डर लिओनार्डो बोनुचीको हेडरले पोस्टको दिशा लिन सकेन । त्यसको चार मिनेटपछि नै अनमार्क रहेका गोन्जालो हिगुआइनको हेडर पनि पोस्टभन्दा थोरैले बाहिरियो । ७५ औं मिनेटमा रोनाल्डोको हेडरले पोस्टको दिशा लिन नसक्दा युभेन्टस समग्रमा अग्रता लिनबाट चुक्यो ।

युभेन्टसले चोटबाट संघर्ष गरिरहेका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई मैदान प्रवेश गराएपनि उनी पुनस् चोटका कारण २० मिनेटभन्दा बढी खेल्न सकेनन् । खेलको ८९ औं मिनेटमा युभेन्टस काउन्टर अट्याकमा अगाडि बढेपनि फर्नान्डो मार्सालले ड्यानीलोलाई लडाउँदै युभेन्टसको आक्रमणमा ब्रेक लगाए । इन्ज्युरी समयको दोस्रो मिनेटमा रोनाल्डोको फ्रिकिक वालमा लागेर बहिरिंदा युभेन्टसले समग्रमा अग्रता लिने अवसर गुमायो ।

Advertisement

लियोनले अब क्वाटरफाइनलमा म्यानचेष्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । म्यानचेष्टर सिटी रियल मड्रिडलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top