नेपालमा ८४ प्रतिशत संक्रमित पुरुष

२६ साउन ७७, सोमबार
Share this
766shares

काठमाडौं : नेपालमा कोरोना भाइरसबाट महिलाभन्दा पुरुष संक्रमित अत्यधिक देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ। यीमध्ये पुरुष १९ हजार ३ सय ३१ (८४ प्रतिशत) जना छन्। महिलाको संख्या ३ हजार ६ सय ४१ (१६ प्रतिशत) छ।

Advertisement

यसको कारण के होला ? विभिन्न अध्ययन जारी रहे पनि मुख्यतः जीवनशैली र आनीबानी नै जिम्मेवार मानिएका छन्। ‘महिलाको बाहिरी हिँडडुल कम हुन्छ’, जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारी भन्छन्, ‘रोग प्रतिरोधात्मक क्षमता पनि तुलनात्मक रूपमा महिलामा नै बढी हुन्छ।’

पुरुषमा असावधानी र असुरक्षित दिनचर्या कारक रहेको अध्ययनले देखाएका छन्। जैविक रूपमा रोग प्रतिरोध क्षमता कमी भएका पुरुष बढी जोखिममा पाइएका छन्। स्वस्थकर खाने, समयमै खाने बानीले पनि महिलामा संक्रमण न्यून देखिएको हुन सक्ने डा. तिवारीको भनाइ छ।, यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top