कतारबाट उडे थप १५२ नेपाली

२६ साउन ७७, सोमबार

योगेन्द्र योगी
२६ साउन, दोहा ।

Advertisement

कतारबाट २९ औँ उडानमार्फत १५२ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल एयरलाईन्सको उडान २३९२ को उडानबाट १२ महिला सहित १५२ जना नेपाल फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिए ।

स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाईका लागि नेपाली दूतावासका कर्मचारी लगायत नेपाली समुदायका प्रतिनिधिहरुको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । यसघि आजै नेपाल तथा हिमालय एयरलाईन्सको दुई उडानमार्फत ३०१ जना नेपाली स्वदेश फर्किएका थिए ।

Advertisement

कतारबाट नेपाल फर्कन चाहने नेपालीको संख्या १३ हजार २५५ भएपनि यो समाचार तयार पर्दासम्म कतारबाट ५,२०२ जना नेपाली मात्र स्वदेश फर्किएको दूतावासले जनाएको छ ।

अहिलेसम्म कतारमा विभिन्न समयमा मृत्यु भएका मध्ये ४६ वटा शव पनि नेपाल पठाएको जनाएको छ । अब कतारबाट अर्को उडान कहिले हुने बारे दूतावासले केहि जानकारी गराएको छैन।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top