प्यूठानमा १४ सैनिकसहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि

२६ साउन, प्यूठान ।
प्यूठानमा नेपाली सेनाका १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा एकै दिन २३ जनामा कोरोना सङ्क्रमण देखिएको थियाे । जसमा  इन्द्रध्वज गणमा कार्यरत १४ जना सैनिकलाई सङ्क्रमण देखिएको हो ।

Advertisement

त्यस्तै जिल्ला प्रहरी कार्यालय प्यूठानको हिरासतमा रहेका एक जना थुनुवालाई समेत सङ्क्रमण भएको छ ।त्यस्तै स्वर्गद्धारी नगरपालिकामा ६ जना, मल्लरानी गाउँपालिकाका एक जना व्यक्तिमा कोरोना देखिएको छ । एक जनाको ठेगाना खुल्न बाँकी रहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए ।

संक्रमितहरु तीन जना महिला र २० जना पुरुष रहेका छन् । उनीहरुको उमेर १२ देखि ४६ वर्षसम्मको रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top