पछिल्लो २४ घण्टामा कोराेना संक्रमणबाट ४ जनाको मृत्यु

२६ साउन, काठमाडाैँ ।

सोमबार कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १—१ जना रहेका छन ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षिय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षका पुरुषको आज निधन भएको हो ।

Advertisement

यस्तै बाँकेको कोहलपुर नगरपालिका—२ का ७० वर्षिया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा हिजो निधन भएको उनले बताए । २३ गते अस्पताल भर्ना भएकी महिला उच्च रक्तचापकी विरामी थिइन् ।

यस्तै पर्साको देवयानी—१५ का ४५ वर्षिया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको उनले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

Advertisement

सोमबार ८ हजार ४ सय ३२ पीसीआर परीक्षणमा ३ सय ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । आजसम्म पीसीआर विधिबाट ४ लाख ५२ हजार २ सय ३६ जनाको कोरोना परीक्षण भएकोमा कुल संक्रमितको संख्या २३ हजार ३ सय १० रहेको छ ।

सोमबार १ सय ४० जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा ९ सय ४७, प्रदेश नम्बर २ मा ३ हजार ३ सय ५७, बागमती प्रदेशमा ६ सय ३ र गण्डकी प्रदेशमा १ हजार ४ सय ६५ जना डिस्र्चाज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ८१, कर्णाली प्रदेशमा १ हजार ९ सय र सुदूरपश्चिम प्रदेशमा ४ हजार ४० गरी आजसम्म १६ हजार ४ सय ९३ जना संक्रमित डिस्चार्ज भएका छन ।

प्रदेश नम्बर १ मा ५ सय २९, प्रदेश नम्बर २ मा ३ हजार १ सय ४४, बागमती प्रदेशमा १२ सय १० र गण्डकी प्रदेशमा २ सय ३३ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ सय ४३, कर्णाली प्रदेशमा १ सय ८४ र सुदूरपश्चिम प्रदेशमा ८ सय ९५ गरी ६ हजार ७ सय ३८ जना संक्रमित विभिन्न अस्पतलाका आइसोलेसनमा उपचाररत रहेका छन ।

प्रदेश नम्बर १ मा २ हजार ६ सय ६४, प्रदेश नम्बर २ मा १ हजार ९ सय ३०, बागमती प्रदेशमा १ हजार २२ र गण्डकी प्रदेशमा ९ सय ५५ जना क्वारेन्टिनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ६ सय २७, कर्णाली प्रदेशमा ७ सय १९ र सुदूरपश्चिम प्रदेशमा १ हजार ८ सय ४२ गरी देशभरी १० हजार ७ सय ५९ जना क्वारेन्टिनमा रहेका छन ।

मन्त्रालयले नीजि, सामुदायिक, सरकारी र गैर सरकारी अस्पतालले २० प्रतिशत बेड कोभिड विरामीहरुको लागि छुट्याएर सम्बन्धित हब अस्पताललाई सूचना गर्न निर्देशन पनि दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top