×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सीमा अपराध रोक्न संयुक्त गस्ती

११ बैशाख २०७५

गौशाला, ११ वैशाख  ः महोत्तरी जिल्लामा नेपाल र भारतका सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दुवै देशका निकायले संयुक्त गस्ती थालेका छन् ।

सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल प्रहरी, भारतीय सीमा सुरक्षा बल (एसएसबी) र विहार प्रहरीले सोमबारदेखि जिल्लाको सीमा क्षेत्रमा संयुक्त सीमा गस्ती थालेका हुन् । लागुऔषध ओसारपसार, मानव तस्करी, भन्सार छली, चोरी लगायतका अपराध नियन्त्रणका लागि संयुक्त गस्ती थालिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोतरीका सशस्त्र प्रहरी उपरीक्षक मुरारी बस्नेतले बताए ।

Advertisement

उनका अनुसार भारतको मधवापुरस्थित भारतीय सीमा सुरक्षा बल, विहार प्रहरी र सशस्त्र प्रहरीका मटिहानी बिओपी, प्रहरी चौकी मटिहानीका १५÷१५ जना संयुक्त गस्तीमा सहभागी छन् । संयुक्त गस्ती दुवै देशका सुरक्षा निकायबीच सुरक्षा सहकार्य तथा सीमा अपराध नियन्त्रण गरी सीमा क्षेत्रमा शान्ति बहाली गर्न सफल हुने प्रहरी उपरीक्षक बस्नेतको विश्वास छ ।

संयुक्त गस्तीले सीमा अपराध नियन्त्रण, सीमा क्षेत्रमा शान्ति र सुरक्षाको अनुभूति गराउनाका साथै तस्करी, भन्सार छलीलगायत कार्यको निगरानी गर्नेछ । संयुक्त गस्तीका लागि सोमबार सीमामै गरिएको दुवै देशको सुरक्षा निकायबीच छलफल भएको थियो । त्यसमा नेपालका तर्फबाट महोत्तरीका सशस्त्र प्रहरी निरीक्षक सुरेश आले मगर, नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक गोपाल यादव सहितका सुरक्षाकर्मी सम्मिलित थिए ।

त्यस्तै, भारतका तर्फबाट एसएसबीका निरीक्षक रामाकान्त पाठक र विहार पुलिस, मधवापुर थानाका प्रभारी राजकुमार यादव उपस्थिति थिए ।
रासस

Advertisement

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top