राप्ती नदीको बाढीले बगायो गैँडा

२७ साउन ७७, बुधबार

२७ साउन, चितवन ।

राप्ती नदीले बगाएर आज एउटा गैँडा मरेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अन्द्रयौली घाट नजिकै नदीमा आज मृतावस्थामा गैँडा फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाटका अनुसार करीब १५–२० वर्षको पोथी गैँडा नदीमा मृत भेटिएको हो । मेघौली नजीक राप्ती नदीमा बाढी घट्दै गएपछि गैँडा देखिएको प्रारम्भिक अनुमान गरिएको रानाभाटले जानकारी दिए । उनका अनुसार नदीमा रहेको गैँडालाई बाहिर ल्याएर परीक्षण गर्ने तयारी गरिएको छ ।

यसअघि २०७४ सालमा आएको बाढीका कारण बगाएका १३ वटा गैँडा उद्धार गरिएको थियो । यसै महिनामा मात्र भारत पुगेको एक गैँडा नेपाल आएको मौका पारेर उद्धार गरिएको छ । त्यतिबेला राप्ती र नारायणी नदीको बाढीले वन्यजन्तु बगाएर कतिपय मरेका थिए । यस वर्ष प्राकृतिक कारणले गैँडा मरेको यो पहिलो हो । गत आर्थिक वर्षमा निकुञ्ज र राष्ट्रिय वनमा प्राकृतिक कारणबाट २६ वटा गैँडा मरेका थिए । यसमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुईवटा वन क्षेत्रमा गैँडा मरेका हुन् ।रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top