×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

घरेलु मैदानमा मुम्बईको हार

१२ बैशाख २०७५

इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले पाँचौ हार व्यहोरेको छ।

सनराइजर्स हैदराबादले मंगलबार उसकै घरेलु मैदानमा मुम्बईको चुनौती ३१ रनले हराएको हो। १ सय १९ रनको लक्ष्य पछ्याएको मुम्बईले हैदराबादका बलरसामू १८.५ ओभरमा अलआउट हुँदै ८७ रन मात्र बनाउन सक्यो। मुम्बईका लागि दुई खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके।

Advertisement

उसका लागि सूर्यकुमार यादवले ३४ र क्रुनाल पाण्ड्याले २४ रन बनाएका थिए।

मुम्बईलाई सस्तैमा रोक्न हैदराबादका लागि सिद्धार्थ काउलले ३, रासिद खान र बसिल थम्पीले समान २-२ तथा सन्दीप शर्मा, मोहम्मद नाबी र सकिब अल हसनले समान १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले १८.४ ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन बनाएको थियो। टोलीका कप्तान काने विलियम्सन र युसुफ पठानले समान २९-२९ रन बनाएका थिए।

मनीष पाण्डेले १६ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

मुम्बईका मिचेल म्याक्लेघान, हार्दिक पाण्डेय, मंयकं मर्कान्डेले समान २ तथा जसप्रित ब्रुमराह र मुस्ताफिजुर रहमानले समान १ विकेट लिए।

मंगलबारको जितसँगै छैटौं खेलमा चौथो जितका साथ हैदराबाद तेस्रो स्थानमा उक्लिको छ। समान ८ अंकको चेन्नई सुपर किङ्स दोस्रो र १० अंकसहित किङ्स ११ पञ्जाब शीर्षस्थानमा छन्।

यता छैटौं खेलमा पाँचौ हार बेहोरेको मुम्बईको मात्र २ अंक छ। मुम्बईपछि दिल्ली डेयरडेभिल्स अंक तालिकाको पुछारमा रहेको छ।

आइपिएलमा बुधबार रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।

अंकतालिकाको दोस्रो स्थानमा रहेको चेन्नईको ५ खेलबाट ८ अंक छ। उसले खेलेका ५ खेलमध्ये ४ जित र १ मा हार बेहोरेको छ। त्यत्ति नै खेलमा २ जित र ३ हारका साथ बैंगलोर ४ अंकसहित तालिकाको पुछारबाट तेस्रो स्थानमा छ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top