नक्कली भिसामार्फत कुवेत पुगेका १ लाख आप्रबासी श्रमिक २०२० भित्रै फर्किनुपर्ने

२८ साउन ७७, बुधबार
Share this
712shares

योगेन्द्र योगी
२८ साउन, दोहा ।

Advertisement

कुवेतले नक्कली कम्पनी खडा गरेर कुनै पनि अफिस नखोली भिसाको कारोबार गर्ने कम्पनीहरु मार्फत कुवेत प्रबेश गरेका १ लाख आप्रबासी श्रमिकहरुले डिसेम्बर अन्त्य अर्थात २०२० भित्र कुवेत छोड्नु पर्ने भएको छ।

यसरी फर्किने आप्रबासी श्रमिकहरुले पुन: कुवेत प्रवेश नपाउने भएका छन् । अवैधानिक रुपमा आप्रबासी श्रमिकहरुलाई नक्कली भिसा बिक्री बितरण गर्न खोलिएका ४५० कम्पनी समेत कुवेत सरकारले खारेज गरेको छ ।

Advertisement

यसरी कारबाहीमा परेका ४५० कम्पनीहरु मध्ये ३०० वटा कम्पनीहरुले ब्यबसायीक क्रियाकलाप नगर पनि उक्त कम्पनीहरुमा दर्ता गरेर भिसा बिक्री गरेको पाइएको जनाएको छ ।

यता, कुवेत सरकारले संसदीय मानव संसाधन विकास समितिले तयार पारेको प्रतिवेदनमा कुवेतले करिव ३ लाख ६० हजार आप्राबासि श्रमिकहरुलाई हटाउने तयारी गरेको छ ।

Advertisement

जसमा अवैध रूपमा बसेका १ लाख २० हजार , सीप नभएका १ लाख ५० हजार र ६० बर्ष उमेर भन्दा माथिका ९० हजार गरि ३ लाख ६० हजार आप्रबासी श्रमिकहरुलाई पनि डिपोट गर्ने तयारी गरेको कुवेतबाट प्रकाशित हुने अरब टाइम्सले जनाएको छ ।

कुवेत सरकारले यसरी आप्रबासी श्रमिकलाई डिपोट गरे हजारौँ नेपाली श्रमिकको पनि रोजगारी गुम्ने खतरा बढेर गएको छ । विभिन्न मुलुक हुँदै धेरै नेपाली श्रमिक पनि कुवेत पुगेका छन् ।

अहिले पनि कोरोनाका कारण कम्पनी बन्द भएर कतिपय नेपाली विगत लामो समयदेखि स्वदेश फर्किने पर्खाइमा छन् भने कतिपय नेपाली स्वदेश फर्कि सकेका छन् । कुवेतमा विभिन्न क्षेत्रमा गरी करिव ५० हजार नेपाली श्रमिक कार्यरत रहेको पाईन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top