Nepal Times
Nepal Times
3
Shares

पिपुल्स च्वार्इस अवार्डकाे मनाेनयनमा सन्दिप पनि

पिपुल्स च्वार्इस अवार्डकाे मनाेनयनमा  सन्दिप पनि

१२ वैशाख, विराटनगर ः पल्सर स्पाेर्ट्स अवार्ड अन्तर्गत पिपुल्स च्वार्इस अवार्डकाे मनाेनयन सार्वजनिक भएकाे छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।

मनाेनयनमा अार्इपिएलमा अाबद्द पहिलाे नेपाली क्रिकेटर  सन्दीप लामिछानेसँगै पहिलो महिला गल्फर प्रतिमा शेर्पा पनि परेका छन् ।

जसअनुसार क्रिकेटर सन्दीप र प्रतिमासँगै फुटबल किपर किरण चेम्जोङ, भलिबलका मानबहादुर श्रेष्ठ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ छन् ।

 

मनोनयनमा परेकाहरुलाई एसएमएस र फेसबुकमार्फत भोट दिन सकिनेछ । चार फेसबुक लाइकको मतभार एक एसएमएस बराबर हुने आयोजकले जनाएको छ ।

यसपटक प्रशिक्षक र मञ्चका सबै सदस्यले पनि मत दिन पाउँनेछन् भने  सातौं राष्ट्रिय खेलकुदमा सहभागी ३५ खेलका प्रमुख प्रशिक्षकले पनि मतदान गर्न पाउनेछन् ।

आयोजकका अनुसार मतभार एसएमएस र फेसबुक लाइकको ५० प्रतिशत र प्रशिक्षक र मञ्चका सदस्यको ५० प्रतिशत हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.