प्रतिब्यक्ति अाय बढ्याे ः प्रत्येक नेपालीकाे बार्षिक अाम्दानी १हजार ४ डलर

११ बैशाख ७५, बुधबार

विराटनगर ः नेपालीहरूकाे प्रतिब्यक्ति अाय बढेर १ हजार ४ डलर पुगेकाे तथ्याङ्क सार्वजनिक भएकाे छ ।केन्द्रिय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ८६२ अमेरीकी डलर रहेको नेपालीको प्रतिव्यक्ति आय अहिले बढेर बढेर १ हजार  ४ डलर पुगेकाे हाे ।

 

याे संगै  प्रत्येक  नेपालीको  वार्षिक आम्दानी १ हजार  ४ डलर अर्थात रु १ लाख ३ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ ।

Advertisement

प्रतिब्यक्ति अाय बढेपनि  जिडीपीमा रेमिट्यान्सको हिस्सा भने घट्दै गएको तथ्यांक विभागले जनाएकाे छ।

जिडिपिमा गत वर्ष रेमिट्यान्सको योगदान २६.३२ प्रतिशत  रहेकोमा यसपटक घटेर २४.५२ प्रतिशतमा झरेको छ ।

Advertisement

केही महिना अघि नेपालीको प्रतिव्यक्ति आय ८ सय ६२ डलर मात्र रहेको भन्दै राष्ट्रिय योजना आयोगले  अल्पविकसित देशबाट स्तरोन्नती हुन चाहेको थिएन ।

तर,  त्यसको केही महिनामै केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले भने प्रतिव्यक्ति बढेको देखाएको हो ।

विभागले चालू आर्थिक वर्षको आर्थिक बृद्धिदर  ५.८९ प्रतिशतले बढेर अर्थतन्त्रको आकार ३० खर्ब ७ अर्ब २४ करोड रुपैयाँ पुग्ने अनुमान  समेत गरेको छ ।

तर,केही दिन अघि नेपालको आर्थिक बृद्धिदर एसियाली विकास बैंकले ४.९ प्रतिशत  र विश्व बैंकले ४.६ प्रतिशत मात्र हुने अनुमान गरेको थियो ।

यी दुबैको अनुमान भन्दा माथि रहेर विभागले आर्थिक बृद्धिदरको अनुमान सार्वजनिक गरेको छ ।

विभागले कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा सेवा क्षेत्रको सबै भन्दा बढी योगदान रहने प्रक्षेपण पनि  छ ।

आर्थिक वर्ष २०७४/७५ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै  तथ्यांक विभागले यस वर्ष सेवा क्षेत्रको मात्र ५७.६१ प्रतिशतले योगदान हुने अनुमान गरेको छ ।

सेवा क्षेत्र अन्र्तगत खुद्रा वयापार, होटल तथा रेष्टुरेनट, यातायात सञ्चार तथा भण्डारण, वित्तिय मध्यस्थता, रियल स्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य लगायत  सेवा  पर्दछ ।

जीडीपीमा निर्माण क्षेत्रको योगदान ७.६० प्रतिशत, थोक तथा खुद्रा व्यापारको १३.२६ प्रतिशत, कृषि तथा वनको २७.१० प्रतिशत र  विद्युतको १.१९ प्रतिशत योगदान रहने अनुमान छ ।
यस्तै प्राथमिक क्षेत्रको २८.२१ प्रतिशत योगदान रहने अनुमान पनि विभागको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top