×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का || Nepal Times
May 16, 2026
Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026

विद्युत् उत्पादनमा सरकारलाई उछिन्दै निजी क्षेत्र

३२ श्रावण २०७७

काठमाडौँ : शनिबार साँझ ६ बजे कुल विद्युत् माग २६ हजार ६ सय २२ मेगावाट आवर थियो । यो माग परिपूर्तिका लागि निजी क्षेत्रबाट निर्मित आयोजनाबाट १२ हजार १ सय ६४ मेगावाट आवर ऊर्जा राष्ट्रिय प्रणालीमा जोडिएको थियो । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका आयोजनाबाट १० हजार १९ मेगावाट आवर राष्ट्रिय प्रणालीमा जोडिएको थियो ।

उक्त अवधिमा ४ हजार ४ सय ९ मेगावाट आवर विद्युत् भारतबाट आयात भइरहेको र ७ सय ४४ मेगावाट आवर विद्युत् भारततर्फ निर्यात गरिएको थियो ।

Advertisement
Advertisement

विद्युत् माग धान्न निजी क्षेत्रबाट उत्पादित विद्युत्ले दिने योगदान बढिरहे पनि आगामी दिनमा माग बढाउन नसक्दा विद्युत् खेर जाने चिन्तामा छन् निजी क्षेत्रका प्रवद्र्धक । विद्युत् विकास विभागको तथ्यांकअनुसार १५ हजार ८ सय ३० मेगावाट क्षमताका २ सय ४१ वटा आयोजनालाई सर्वेक्षण अनुमतिपत्र जारी गरिएको छ । तीमध्ये ७ वटा अनुमतिपत्र नेपाल विद्युत् प्राधिकरणको छ भने अरू सबै आयोजनाको अनुमतिपत्र निजी क्षेत्रका प्रवर्द्धकले लिएका छन् ।

उत्पादन अनुमति पाएका १ सय ९९ वटा विद्युत् आयोजनामध्ये ६ वटा मात्रै सरकारी आयोजना हुन्, बाँकी निजी क्षेत्रले निर्माण गरिरहेका छन् । विभागका अनुसार उत्पादन अनुमतिपत्र पाएका सबै आयोजनाको कुल जडित क्षमता ६ हजार ९ सय ६७ मेगावाट छ ।

Advertisement
Advertisement

उत्पादन अनुमतिपत्र पाएकामध्ये करिब ३ हजार मेगावाट जडित क्षमता रहेका आयोजनाले आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन गरिसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अध्यक्ष शैलेन्द्र गुरागाईं बताउँछन् । वित्तीय व्यवस्थापन गरिसकेकामध्ये आधा आयोजनाको भौतिक प्रगति ६० प्रतिशतभन्दा बढी रहेको उनको दाबी छ । तीन हजार मेगावाट बराबरका आयोजना वित्तीय व्यवस्थापनका लागि विभिन्न चरणमा रहेको गुरागाईंले जानकारी दिए ।, याे खबर कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top