लागुऔषधसहित ४ पक्राउ

१२ बैशाख ७५, बिहीबार

विराटनगर, बैशाख १३ः झापाबाट २ जना र सुनसरीबाट २ जना गरी लागुऔषधसहित चार जना पक्राउ परेका छन।

झापाको मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट प्रहरीले दुई युवकलाई चार सय पचास ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको छ।पक्राउ पर्नेमा विर्तामोड नगरपालिका ५ बस्ने १७ वर्षीय प्रज्वल चौधरी र सोही ठाउँ बस्ने १७ वर्षीय विमल थापा रहेका छन।

उनीहरुलाई लागुऔषध नियन्त्रण व्युरोको टोलीले बुधबार अपरान्ह ४ बजेतिर पक्राउ गरेका हुन। उनीहरुले भारत पानीटंकी बजारबाट लागुऔषध लिएर आउँदै थिए। दुबैलाई अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय काकड्भिट्टामा राखिएको छ।

Advertisement

यसैगरी सुनसरीको दुहवी नगरपालिका ५ ढकाल चौकबाट दुई युवक लागुपदार्थ जन्य ईन्जेक्सनसहित बुधबार पक्राउ परेका छन।

बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको को. ५ प १४९८ नम्बरको मोटरसाइकलमा सवार सुनसरी धरान-१२ बस्ने ३० वर्षीय अकुम्बा लिम्बु र धरान-१० बस्ने ३२ वर्षीय ललित लिम्बुलाई एभिल-५० एम्पुल, डाईजेल्याप-५० एम्पुल, लुपिजेसिक-५० एम्पुल, फेनारगन-२३ एम्पुलसहित बुधबार साँझ ७ बजे पक्राउ गरिएको हो।

Advertisement

उनीहरुले भारत जोगबनीबाट सो लागुऔषध ल्याउँदै थिए। दुबैलाई अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top