फर्किन पाएनन् हजारौँ अलपत्र नेपाली

काठमाडौं : कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका अधिकांश नेपाली कामदार स्वदेश फर्किन पाएका छैनन्। सरकारले फर्काउन चासो नदेखाउँदा उनीहरू श्रम गन्तव्य मुलुकमै बिचल्लीमा परेका हुन्।

एक अध्ययनअनुसार वैदेशिक रोजगारीमा रहेका ४ लाख ७ हजार नेपालीले रोजगारी गुमाएका छन्। साउन ३१ गतेसम्म ५५ हजार जना मात्रै स्वदेश फर्किन पाएका छन्। तीमध्ये २५ प्रतिशत वैदेशिक रोजगारबाहेक अन्य प्रयोजनमा गएका रहेको जनाइएको छ।

सरकारले पछिल्लो समय दैनिक ५ सय जना मात्रै फर्काउने रणनीति लिएको छ। जसअनुसार दैनिक ३ सय जना मात्रै कामदार फर्किन पाउँछन्। बाँकी २ सय कूटनीतिक नियोगतर्फका छन्। जब कि नियमित उडान हुँदा दैनिक १ हजार ५ सयभन्दा बढी फर्किंदै आएका थिए।

Advertisement

आप्रवासी श्रमिकसम्बन्धी अनुसन्धानकर्ता रामेश्वर नेपाल सरकारको यस्तो रणनीतिले कामदार बिचल्लीमा पर्ने बताउँछन्। ‘स्वदेश फर्किन चाहेका कामदार उतै रोकिएका छन्’, नेपाल भन्छन्, ‘सरकारको तयारी हेर्दा कामदार फर्काउन वर्र्षाैं लाग्ने देखिन्छ।’ चार्टर्ड उडान संख्या बढाउँदै लैजानुपर्नेमा घटाएर सरकार उल्टो बाटोमा हिँडेको उनको भनाइ छ। ‘यसले कामदारको जीवन र स्वास्थ्य संकट गहिरिँदै जान्छ।’

परराष्ट्र मन्त्रालयले हालै ५ लाख ८७ हजार नेपाली कोभिडबाट प्रभावित भई फर्काउनुपर्ने अवस्थामा रहेको जानकारी दिएको थियो। वैदेशिक रोजगार व्यवसायी संघले कोभिडका कारण ५–६ लाखसम्म कामदार फर्किन सक्ने अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो। वैदेशिक रोजगार बोर्डका अनुसार खाडी र मलेसियाबाट मात्रै ४ लाख ७ हजार कामदार स्वदेश फर्किन आतुर छन्। मलेसिया र खाडीमा २ लाख ८० हजार कामदारले रोजगारी गुमाएका छन्। भिसाको म्याद सकिएका र आममाफी पाएका १ लाख २७ हजार जना स्वदेश फर्किन चाहन्छन्।

Advertisement

अनुसन्धानकर्ता नेपालका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीको ठूलो संख्या अलपत्र र जोखिमपूर्ण अवस्थामा छन्। ‘जागिर गुमेर तलब पाएका छैनन्। कतिपयलाई आवासबाट निकालिएको छ’, उनी भन्छन्, ‘कोरोना लक्षण देखिँदा पनि त्यहाँका निकायले व्यवस्थापनमा ध्यान नदिँदा कामदार त्रासमा छन्। समस्या विकराल हुन नदिन सरकारले बेलैमा सोच्नुपर्छ।’, याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top