सिसिएमसीको बैठक आज साँझ ५ बजे बस्दै

२ भदौ, काठमाडौं । कोभिड-१९ संकट व्यस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठक आज बस्दैछ ।

Advertisement

कोरोना भाइरसको संक्रमण बढेसँगै आगामी रणनीतिबारे छलफल गर्न सिसिएमसीको बैठक बस्न लागेको हो ।

सिसिएमसीको बैठक साँझ ५ बजे सिंहदरबारमा बस्न लागेको हो।

Advertisement

संक्रमण देखिएको ठाउँमा लकडाउन, सिल गर्नका लागि योजना बनाउनेबारे छलफल हुने सिसिएमसी स्रोतले बताएको छ ।

सरकारले एकमुष्ट रूपमा लकडाउन नगरे पनि स्थानीय तह र जिल्ला प्रशासनहरूले आवश्यकताका आधारमा निषेधाज्ञा र लकडाउन गरिरहेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top