विराटनगरः विराटनगरकाे नाेबेल मेडिकल कलेजले गएकाे बर्षकाे अवधिमा करिब २१ कराेड बराबरकाे उपचार निशुल्क गरेकाे छ ।
गएकाे ०७४ साल बैशाख देखि चैतसम्मकाे अवधिमा ५५ हजार ९ सय ५९ विरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० मुल्य वरावरको उपचार निःशुल्क गरिएको नोबेल अस्पताल प्रशासनले जनाएको छ ।
नोबेलको तर्फबाट ४४ हजार ६ सय ३८ जना विरामीलाई १२ करोड १९ लाख ७६ हजार २ सय ५० वरावरको निःशुल्क उपचार गरिएको अस्पतालका सञ्चालक सुनिल शर्माले जानकारी दिए।
बिपन्न नागरिक औषधि उपचार कोष र आमा सुरक्षा कार्यक्रमसहित अस्पतालको तर्फबाट उक्त मुल्य वरावरको उपचार निःशुल्क गरिएको नोबेल अस्पताल प्रशासनले जनाएकाे छ ।
अस्पतालले आमा सुरक्षा कार्यक्रम र विपन्न नागरिक औषधि उपचार कोषबाट ११ हजार ३ सय २१ जना विरामीले ८ करोड ६४ लाख ९५ हजार ७ सय ४० वरावरको उपचार सहुलियत दिएकाे छ । आमा सुरक्षा कार्यक्रममार्फत १० हजार १ सय २८ जना विरामीले ३ करोड ५४ लाख ३७ हजार मुल्य वरावरको उपचार सेवा दिएकाे छ । यता विपन्न नागरिक औषधि उपचार कोषबाट १ हजार १ सय ९३ विरामीले ५ करोड १० लाख ५८ हजार ७ सय ४० वरावरको उपचार सहुलियत दिएकाे छ।नोबेल अस्पतालको तर्फबाट कतिपय विरामीलाई उपचारमा छुट दिइएकाे छ भने कतिपयलार्इ पूर्ण रुपमा निःशुल्क उपचार गरिएको छ । अत्यन्तै न्यून आर्थिक अवस्थाका उपचारकाे खर्च खेप्न नसक्ने विरामीलाई नोबेल अस्पतालले निःशुल्क उपचारसँगै औषधि, खाना र विरामीलाई एम्वुलेन्सको ब्यवस्थापनि मिलाईदिएको छ । उपचार गर्ने पैसा नहुँदा मृत्युको मुखमा पुगेका धेरै विरामीलाई नोबेलले निःशुल्क उपचार गरेर बचाएको भन्दै विरामी र विरामीका आफन्तले खुःशी ब्यक्त गरेका छन् ।