‘उद्दार उडान’ पुनः सूचारु गर्ने सरकारको निर्णय,सात दिन होटलमा अनिवार्य बस्नुपर्ने

५ भदौ, काठमाडौ ।
सरकारले ‘चार्टर तथा उद्दार उडान’लाई पुनः सूचारु गर्ने निर्णय गरेको छ । विहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

Advertisement

बैठकमा सहभागी एक मन्त्रीका अनुसार हवाइ मार्गबाट स्वदेश आउने यात्रुहरुले काठमाडौं आइपुगेपछि सात दिनसम्म होटल क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने मापदण्डसमेत निर्धारण गरेको छ । जसको लागि कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्रै काठमाडौं आउनुपर्ने छ ।

होटल क्वारेन्टाइनमा बस्दाको खर्च पनि व्यक्ति आफैँले व्यहोर्नुपर्ने सरकारले मापदण्ड बनाएको छ । होटल क्वारेन्टिनका लागि सरकारले होटलहरुको सूची प्रकाशित गर्ने जनाएको छ ।

Advertisement

१ दिनमा बढीमा तीनवटा फ्लाइटसम्म मात्रै सरकारले उडान अनुमति दिने मन्त्रिपरिषदले मापदण्ड तोकेको जानकारी गराइएको छ । यसका साथै, विदेशबाट आउनेहरुको सूची पनि सम्बन्धित देशको दूताबासले तोकेबमोजिम हुने जनाइएको छ ।

त्यस्तै दश वटा स्थल नाकाहरुबाट स्वदेश फर्किने नागरिकलाई पनि सोही नाकास्थित होटल क्वारेन्टाइनमा अनिवार्य रुपमा ७ दिनसम्म बस्नुपर्ने मापदण्ड तोकिएको जानकारी छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top