निषेधाज्ञापछि तरकारीको मूल्य ८० प्रतिशतसम्म बढ्यो

५ भदौ ७७, शुक्रबार

काठमाडौँ: उपत्यकामा जारी निषेधाज्ञा गरेकै दिनदेखि तरकारी र फलफूल मूल्य झन्डै ८० प्रतिशतसम्म वृद्धि भएको  छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबारको तुलनामा बिहीबार मुख्य तरकारीको भाउ थोकमै १० देखि ८० प्रतिशतसम्म महँगो भएको छ ।

Advertisement

बजारमा तरकारीको आपूर्ति सामान्य भए पनि माग बढी भएकाले मूल्य बढेको हुनसक्ने अनुमान समितिले गरेको छ । समितिका अनुसार कालीमाटी बजारमा बुधबारका लागि ४७६ मेट्रिक टन तरकारी भित्रिएकोमा बिहीबारका लागि छ सय मेट्रिक टन तरकारी भित्रिँदासमेत भाउ बढेको छ ।

समितिका अनुसार बुधबार प्रतिकेजी १६५ रुपैयाँ थोकमा बिक्री भएको कागती बिहीबार २९५ रुपैयाँमा किनबेच भइरहेको छ भने प्रतिकेजी ५६ रुपैयाँ थोकमा कारोबार भएको गोलभेँडा ७० रुपैयाँ भएको छ । यस अवधिमा करेला प्रतिकेजी २२ रुपैयाँबाट ३० रुपैयाँ, तामा प्रतिकेजी ९० रुपैयाँ थोक मूल्यबाट ११० रुपैयाँ पुगेको छ । यस्तै तनेबोडी प्रतिकेजी ९५ रुपैयाँ थोक मूल्य बढेर ११० रुपैयाँको पुगेको समितिले जनाएको छ । यी तरकारीको भाउ खुद्रा बजारमा अझै छोइ नसक्नुछ । एक दिनमै ८० प्रतिशतसम्म तरकारी महँगो हुनु तरकारी व्यापारीको कालोबजारी भएकाले अनुगमन गरेर कारबाही गरिनुपर्ने बताइएको छ ।,याे समाचार गोरखापत्रमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top