सरकारविरुद्ध ओम्नी सर्वोच्चमा, सर्वोच्चले माग्यो सरकारको जवाफ

४ भदौ ७७, शुक्रबार

५ भदौ, काठमाडौं ।
स्वास्थ्य सामग्री खरिद प्रकरणमा विवादित कम्पनी ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनल (ओबीसीआई प्रालि)ले खरिद सम्झौता रद्ध गर्ने स्वास्थ्य सेवा विभागको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

रिटमा स्वास्थ्य सेवा विभागले २०७६ चैत १९ गते गरेको सम्झौता रद्धको निर्णय, बैंक जमानत जफत र कालोसूचीमा राख्ने लगायतका काम उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको छ । ओम्नीका सञ्चालक पारस केसीका वारेस अमीर लामिछानेले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

ओम्नीले सर्वोच्चमा दायर गरेको रिटमा औषधी खरिद सम्झौता गर्दा दाखिल गरेको जमानत जफत नगर्नु र कालोसूचीमा समेत नराख्नु भन्ने प्रतिषेधको आदेश र सम्झौताको यथावत पालना गरी ओम्नीबाटै सम्झौता बमोजिम स्वास्थ्य सामग्री आपूर्ति गराउन परमादेश वा अन्य उपयुक्त आदेशको माग गरिएको छ ।

Advertisement

त्यस्तै ओम्नीले रिटको अन्तिम टुंगो नलागेसम्म सम्झौता खारेज गर्ने स्वास्थ्य सेवा विभागको निर्णय कार्यान्वयन नगर्न र कालोसूचिमा राख्ने प्रक्रिया यथास्थितिमा राखी सामानको आपूर्ति गराउने व्यवस्था गराउन अन्तरिम आदेश पनि माग गरेको छ ।

सवोच्चले दिएन अन्तरिम आदेश
सवोच्च अदालतले भने करार सम्झौता अन्त्य भइसकेको र मध्यस्ठ नियुक्तिको प्रक्रिया सुरु भइसकेको भनी ओम्नीले नै जानकारी दिइसकेको भन्दै अन्तरिम आदेश अस्वीकार गरेको छ ।

Advertisement

ओम्नीको उक्त रिटमाथि बिहीबार सुनुवाई गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले यस रिटमा सरकारको लिखित जवाफ माग गरेको छ भने रिटलाई अग्राधिकार दिन पनि आदेश दिएको छ ।

स्वास्थ्य सेवा विभागले कोरोना भाइरस संक्रमण देखिन थालेपछि चीनबाट स्वास्थ्य सामग्रीखरिदका लागि ओम्नीसँग सम्झौता गरेको थियो । पहिलो लटको समान आएपछि सम्झौताअनुसार सामान ल्याउन नसकेको भन्दै विभागले सम्झौता रद्ध गर्ने, बैंक जमानत जफत गर्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top