कञ्चनपुर, १४ वैशाख ः कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारमा रहेको कपास उद्योगमा बिहीबार साँझ आगलागी हँुदा रु छ लाखभन्दा बढीको क्षति भएको छ ।
वीरबहादुर मालीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी हुँदा तयारी अवस्थाको कपास, रजाई, गद्दालगायत जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगलागी नियन्त्रण गरिएको थियो ।
रासस