विराटनगर ः धादिङको गजुरी–६ जहरेस्थित पृथ्वीराजमार्गमा बस र ट्रक ठोक्किँदा चालक सहित २७ जना घाइते भएका छन्।
मुग्लिनतर्फ तर्फ जाँदै गरेको ना ७ ख २९ नम्बरको ट्रक र झापाको काँकडभिट्टाबाट काठमाडौं तर्फ जाँदै गरेको ना ६ ख १९२६ नम्बरको साप्ताहिक ट्राभल्सको बस शनिबार बिहान आपसमा ठोक्किएका हुन् ।
घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सन्जय तिमिल्सिनाले जानकारी दिए । बस ठक्कर खाए पछि घाईतेहरुको उद्धारका क्रममा बस भित्र फेला परेको ६ तोला सुन र २ तोला चाँदीका गहना सह–चालक वकिल सावन्तलाई हस्तातरण गरिएको छ ।