कोरोनाबाट हेटौंडाकी ४९ वर्षीया महिलाको मृत्यु

१२ भदौ ७७, शनिबार

१३ भाद्र, हेटौंडा ।
कोरोना भाइरसको संक्रमणबाट हेटौंडा–५, सानोपोखराकी ४९ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

Advertisement

मिर्गौला रोगले पीडित समेत रहेकी उनको शनिबार बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । कोभिड–१९ आईसीयूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । डायलसिस गर्नका लागि उनी साउन २७ गते चितवन मेडिकल कलेज गएकी थिइन् ।

उनको तीन पटकसम्म डायलसिस गरिएको अस्पतालले जनाएको छ । सोही क्रममा कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै मकवानपुरमा कोरोना भाइरस संक्रमित भई मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top