सोमबार विदेशबाट ४०९ जना नेपाली स्वदेश फर्किए

१५ भदौ ७७, मंगलबार

१६ भदाै, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साेमबार आगमनतर्फ भएका दुई चार्टर्ड उडानमार्फत ४०९ नेपाली स्वदेश फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार साेमबार नेपाल एयरलाइन्सले दुबईबाट २५४ यात्रु तथा चार शव नेपाल ल्याएको छ भने हिमालय एयरलाइन्सले अबुधाबीबाट १५५ यात्रु र एक बच्चा काठमाडौँ ल्याएको छ ।

थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दोहाबाट समान एक उडान गर्नेछन् । दुवै एयरलाइन्सका जहाज साेमबार राति त्यसतर्फ प्रस्थान गर्ने विमानस्थलले जनाएको छ ।

Advertisement

मङ्गलबार पनि नेपाल एयरलाइन्सका दुई र हिमालय एयरलाइन्सका दुई तथा एयर अरेबियाको एक गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुनेछन् । नेपाल एयरलाइन्सले दोहा र कुवेतबाट तथा हिमालयले दोहा र चीनको कुनमिङबाट नेपाली फर्काउने छ । एयर अरेबियाले सारजाहबाट नेपालीलाई घर फर्काउने उडान तालिका रहेको छ ।

आन्तरिकतर्फ साेमबार सात वायु सेवा कम्पनीले चार्टर्ड उडान भरेका छन् । समिट एयरले डोल्पा र सिमिकोट एक एक उडान गरेको छ । मनाङ एयरले फाप्लु, कैलाश हेलीले बुटवल र सीता एयरले सुर्खेत र नेपालगञ्जमा उडान गरेको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top