कोरोनाबाट सिराहाका निजामती कर्मचारीको मृत्यु

Share this
703shares

नितेश यादव
१६ भदौ, जनकपुरधाम ।
सिराहामा कोरोना भाइरसको संक्रमणका कारण एक निजामती कर्मचारीको मृत्यु भएको छ । यससँगै सिराहामा कोरोनाबाट मृतकको संख्या ८ पुगेको छ। सिराहाको मिर्चैया नगरपालिका–६ मटिअर्वाका ५५ वर्षीय ती कर्मचारीको सोमबार राति संक्रमणबाट मृत्यु भएको हो ।

Advertisement

मधुमेहका विरामी रहेका उनको सुगर लेभेल बढेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । अस्पताल भर्ना गर्नुअघि भदौ ८ गते विराट नर्सिङहोममा पीसीआर परीक्षणका लागि लिइएको स्वाब परीक्षणको भदौ १० गते आएको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको यादवले बताए ।

रिपोर्ट पोजेटिभ आएपछि भदौ १० गते उनलाई थप उपचारका लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको थियो । मधुमेह, उच्च रक्तचाप, नेमोनिया, मृगौला लगायतका समस्या रहेका उनको उपचारको क्रममा उनको सोमबार राती प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको यादवको भनाइ छ ।

Advertisement

मृतक मिर्चैया नगरपालिकाको कृषि तथा पशु शाखामा कार्यरत निजामती कर्मचारी हुन् । उनको शव ल्याउने तयारी भइरहेको मिर्चैया नगरपालिकाले जनाएको छ । शव मिर्चैयामै नेपाली सेनाले व्यवस्थापन गर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top