×

NEPAL TIMES UPDATES

Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट ११ जनाकाे मृत्यु

१६ भाद्र २०७७

१६ भदौ, काठमाडौँ ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट एक चार वर्षिया बालिका सहित थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक ४ वर्षिया बालिका र १० जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

पर्सामा ३ तथा काठमाडौं र महोत्तरीमा २—२ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । पर्सामा ५३, ८० र ६० वर्षिय पुरुषको मृत्यु भएको हो । यस्तै महोत्तरीमा ४ वर्षिया बालिका र ३७ पुरुष तथा काठमाडौंमा काठमाडौं ७० र ३५ वर्षिय पुरुषको मृत्यु भएको हो । यसैगरी सिरहामा ६५ वर्षिय, बारामा ६० वर्षिय, चितवन ५२ वर्षिय र मकवानपुर ५८ वर्षिय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।

Advertisement
Advertisement

आज १ हजार ६९ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ३ सय ९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ जनामा संक्रमण देखिएको छ । पीसीआर विधिबाट १२ हजार ८८ वटा परीक्षण भएकोमा आज ३ सय ४४ महिला र ७ सय २५ पुरुषमा संक्रमण देखिएको हो । देशभरी आजसम्म ४० हजार ५ सय २९ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमित १८ हजार १ सय १२ जना रहेका छन । प्रदेश नम्बर १ मा १ हजार २ सय ८६, प्रदेश नम्बर २ मा १ हजार ५ सय १६, बागमती प्रदेशमा ४ हजार ९ सय ६ र गण्डकी प्रदेशमा ५ सय ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ९३, कर्णाली प्रदेशमा ३ सय ५९ र सुदूरपश्चिम प्रदेशमा ८ सय ९७ जना गरी संस्थागत आइसोलेसनमा १० हजार ८ सय ३२ जना उपचाररत रहेका छन ।

प्रदेश नम्बर १ मा ५ सय ४४, प्रदेश नम्बर २ मा ४ हजार ९१, बागमती प्रदेशमा २ हजार १ सय ६ र गण्डकी प्रदेशमा ३८ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ सय २३, कर्णाली प्रदेशमा ४५ र सुदूरपश्चिम प्रदेशमा १ सय ३३ जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार २ सय ८० जना रहेका छन ।

प्रदेश नम्बर १ मा ४ जना, प्रदेश नम्बर २ मा २९ जना, बागमती प्रदेशमा ७५ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश नम्बर ५ मा १३ गरी देशभरी १ सय २७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन । यस्तै बागमती १४ जना र प्रदेश नम्बर ५ मा ३ जना गरी १७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन ।

Advertisement
Advertisement

७ सय ६८ जना संक्रमित आज डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा १ हजार ६ सय २५, प्रदेश नम्बर २ मा ५ हजार ३ सय ९७, बागमती प्रदेशमा १ हजार ३ सय ३६ र गण्डकी प्रदेशमा १ हजार ७ सय ८ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार २३, कर्णाली प्रदेशमा २ हजार १ सय १ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९ सय ८८ जना गरी २२ हजार १ सय ७८ जना संक्रमण मुक्त भएका छन । क्वारेन्टिनमा ७ हजार ३ सय ९० जना रहेका छन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top