फ्रान्सका राष्ट्रपति इराक भ्रमणमा, सम्बन्ध सुधारमा केन्द्रित

१८ भदौ ७७, बिहीबार

१८ भदाै, बग्दाद ।

Advertisement

फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रो बुधबार इराकको राजधानी बग्दाद आइपुगेका छन् । लेबनानको दुई दिने भ्रमणपछि उनी इराक आउनुभएको इराकी टेलिभिजनले समाचार प्रसारण गरेको छ ।

इराकमा पूर्व गुप्तचर प्रमुख मुस्ताफा अल कादिमी प्रधानमन्त्री भएपछि फ्रान्सबाट इराक आएकामध्ये म्याँक्रो नै सबैभन्दा वरिष्ठ पदाधिकारी हुन् । इराकमा कादिमीको नेतृत्वमा गत मे महिनामा नयाँ सरकार गठन भएको हो ।

Advertisement

फ्रान्सेली राष्ट्रपति म्याँक्रोले इराक भ्रमणका क्रममा इराकी राष्ट्रपति बर्हाम सलिह, प्रधानमन्त्री कादिमीलगायत शीर्ष नेताहरूलाई भेट्ने अपेक्षा गरिएको छ ।

भेटवार्ताका क्रममा उनीहरूका बीचमा आपसी सम्बन्ध, दुई पक्षीय सहकार्य, कोरोनाभाइरसको असर, आर्थिक सङ्कट, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोलगायत विषयमा छलफल हुने बताइएको छ ।

Advertisement

लेबनान भ्रमणकै क्रममा पनि उनले आफू इराकको समेत भ्रमणको तयारीमा रहेको र त्यहाँँको भ्रमणका क्रममा शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने बताइएका थिए । अल कादिमी नेतृत्वको सरकारलाई इराकमा संयुक्त राष्ट्रसङ्घले पनि समर्थन गरेको छ । तर अमेरिका र इराकका बीचमा भने तनाव थप बल्झिएको छ ।

इराकमा गत जनवरीमा इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अमेरिकी हवाई आक्रमणका क्रममा मृत्यु भएपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको हो ।फ्रान्सेली राष्ट्रपति म्याँक्रोले अमेरिकासँगको सम्बन्ध सुधारका बारेमा पनि इराकी शीर्ष नेताहरूसँग छलफल गर्ने अपेक्षा गरिएको छ ।रासस / एपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top