×

NEPAL TIMES UPDATES

Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026

खेल स्थल नै नभएको भलिबलबाट कसरी आउँछ पदक ?

१९ भाद्र २०७७

१९ भदौ, काठमाडौँ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले भलिबल खेललाई २०७४ जेठ ८ गते राष्ट्रिय स्तरको खेलको मान्यता दिएको थियो । राष्ट्रिय स्तरको खेलको मान्यता पाएपनि भलिबल खेलको प्रशिक्षणका लागि आफ्नै पूर्वाधार भने छैन । नेपाल भलिबल संघले जग्गा खोजिरहेको बताउँछ तर अझै सम्म कुनै टुङ्गो छैन । त्यसैले राष्ट्रिय स्तरको भलिबल खेलको ओझ झुकिरहेको छ ।

पुष्पकमल दाहाल सरकारको नेतृत्वमा भएका धेरै निर्णय मध्ये २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दिने निर्णय पनि एक हो । नेपाल भलिबल संघको लामो कसरत र पछिल्लो समय देशमा देखिएको लोकप्रियताले भलिबल राष्ट्रिय खेलको रुपमा स्थापित भइसकेको छ । सामान्य पूर्वाधारमा खेल्न सकिने र सबैलाई मनोरञ्जन दिने खेल भलिबलले राष्ट्रिय खेलको मान्यता पाए पनि अहिले सम्म बामे सर्ने बाहेक केही उपलब्धी देखिएको छैन् । भलिबल खेलका लागि अन्तर्राष्ट्रिय स्तरको आफ्नै सुविधा सम्पन्न खेल मैदान आवश्यक छ । तर नेपाल भलिबल संघले अहिले सम्म जग्गा खोज्ने बाहेक केही काम गर्न सकेको छैन । नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जग्गा खोज्ने काम भइरहेको बताए ।

Advertisement

भलिबल खेलमा नेपाली महिला टोलीको प्रदर्शनले निकै चर्चा पाएको पनि छ । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला भलिबलले रजत पदक जित्दै उत्कृष्टताको संकेत दिइसेको छ । जुन नेपाली महिला टिमका लागि निकै ठूलो सफलताको रुपमा हेरिएको छ । तर महिलाको तुलानामा पुरुष टोलीको प्रदर्शन भने सम्झन लायक बनेन् । त्यसको कारण नेपालको तयारी फितलो देखियो भने अन्य देशले भलिबलमा उल्लेख्य प्रगाति गरे । तयारी फितलो देखिनुको कारण भलिबलका लागि सामान्य पूर्वाधारमा खेल्नुपर्ने बाध्यता पनि हो । साँघुरा पूर्वाधारलाई अधिक्तम प्रयोग गर्दै आएको महिला टोलीलाई अब अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न पूर्वाधार अपुग देखिन्छ । जग्गा उपलब्ध भएपछि नेपालमा नै अन्तराष्ट्रिय स्तरको कोर्ट बनाउने महासचिव चन्दले बताए ।

Advertisement

सरकारले राष्ट्रिय खेल घोषणा गरे पनि भलिबललाई सोही नजरमा नहेरेको पक्कै हो । बारम्बार नेपाल भलिबल संघले छुट्टै भलिबल कोर्ट बनाउनका लागि पहल गरे पनि अहिले सम्म स्थल अभावमा भौतारिनु परेको छ । उज्वल भविष्य देखिएको भलिबल खेलको पूर्वाधार विकास र प्रशिक्षणलाई सरकारले समयमा नै ध्यान दिन सके नेपालले पनि अन्तर्राष्ट्रिय स्तरमा राम्रै स्थान ओगट्न सक्ने छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top